बुधबार, असोज ९ गते २०८१    
images
images

प्रविधि र व्यापारबाट मुलुकले कमायो एक खर्ब रुपैयाँ

images
बुधबार, भदौ १२ २०८१
images
images
प्रविधि र व्यापारबाट मुलुकले कमायो एक खर्ब रुपैयाँ

दूरसञ्चार सेवाको आम्दानी टेलिकम कम्पनीले अन्तर्राष्ट्रिय कलको माध्यमबाट गर्ने आम्दानी हो। व्यापारिक सेवाअन्तर्गत भने विभिन्न आईटीसँगै अन्य परम्परागत व्यापार सेवाबाट हुने आम्दानी हो।

images
images

काठमाडौं- प्रविधि र व्यापारिक सेवाबाट मुलुकले गएको वर्ष एक खर्ब रुपैयाँभन्दा बढी आम्दानी गरेको छ। नेपाल राष्ट्र बैंकको तथ्यांकअनुसार आर्थिक वर्ष २०८०/८१ मा मुलुकले सूचना प्रविधि तथा व्यापारिक सेवाबाट १ खर्ब २ अर्ब  १७ करोड रुपैयाँ आम्दानी गरेको हो। 

images
images
images

नेपाल राष्ट्र बैंकको तथ्यांकअनुसार दूरसञ्चार, सूचना प्रविधि तथा अन्य व्यापारिक सेवा निर्यातबाट यो आम्दानी गरेको हो। 

दूरसञ्चार, सूचना तथा कम्प्युटर सेवाको निर्यातबाट मुलुकले १५ अर्ब र व्यापारिक सेवाबाट ८६ अर्ब  रुपैयाँ बराबरको विदेशी मुद्रा आम्दानी गरेको छ। 

त्यस्तै अमेरिकी डलरमा यो आम्दानी ७६ करोड ७९ लाख रहेको छ। व्यापारिक सेवाको आम्दानी निरन्तर वृद्धि हुँदै आएको छ। अघिल्लो वर्षको तुलनामा गएको वर्ष  ३९ प्रतिशतले बढेको छ। 

images

दूरसञ्चार सेवाको आम्दानी टेलिकम कम्पनीले अन्तर्राष्ट्रिय कलको माध्यमबाट गर्ने आम्दानी हो। व्यापारिक सेवाअन्तर्गत भने विभिन्न आईटीसँगै अन्य परम्पारगत व्यापार सेवाबाट हुने आम्दानी हो। 

आईटी फ्रिल्यान्सर तथा कम्पनीहरूले नेपालमा बसेर काम गर्छन्। प्राविधिक सहायतादेखि सफ्टवेयर डेभलपमेन्ट तथा बिजनेस प्रोसेसिङसम्मको काम उनीहरूले गर्दै आएका छन्।  यस्तो कामबाट हुने आम्दानीले यो शीर्षकबाट आम्दानी पछिल्ला वर्षहरूमा बढ्दै गएको छ। 

आईआईडीएसको पछिल्लो अध्ययनअनुसार नेपालमा सूचना प्रविधिको क्षेत्रको कुल गार्हस्थ उत्पादनमा १.४ प्रतिशत योगदान रहेको देखाएको थियो। आईआईडीएसको सर्वेक्षणअनुसार नेपालमा छ हजारभन्दा बढी सूचना प्रविधिको सेवा दिने कम्पनी दर्ता भएका छन्।

त्यस्तै सय वटाभन्दा बढी कम्पनीले अहिले सेवा निर्यात अर्थात् नेपालबाट सेवा दिएर वैदेशिक मुद्रा आम्दानीको काम गरिरहेका छन्। यस्ता कम्पनी तथा स्वतन्त्र रुपमा काम गर्ने आईटी जनशक्तिको संख्या ६६ हजार ५०९ जना रहेको पाइएको छ। 

नेपालमा काम गर्ने इन्जिनियनरहरूले वर्षमा १५ हजार अमेरिकी डलरभन्दा बढी आम्दानी गरिरहेको अध्ययनले देखाएको छ। अध्ययन प्रतिवेदनअनुसार नेपालमा आईटी जनशक्तिले इन्ट्री लेभलमा २ हजार ८१० डलर कमाउँछन् भने उच्च तहमा रहेकाले १५ हजार ३२२ डलरसम्म औसत आम्दानी गरिरहेका छन्। 

अर्कोतिर सूचना प्रविधिको क्षेत्रमा भने दूरसञ्चार कम्पनीको आम्दानीमा खासै वृद्धि भएको छैन। अझ उल्टो घटिरहेको छ। 


प्रकाशित : बुधबार, भदौ १२ २०८११०:०९

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2024 All right reserved to biznessnews.com  | Site By : SobizTrend