शुक्रबार, वैशाख ५ गते २०८२    
शुक्रबार, वैशाख ५ २०८२
images
images

सोल्टी होटलको लगानी शिक्षा क्षेत्रमा पनि विस्तार, गेट कलेजको ३५ प्रतिशत सेयर खरिद

images
मंगलबार, भदौ ११ २०८१
images
सोल्टी होटलको लगानी शिक्षा क्षेत्रमा पनि विस्तार, गेट कलेजको ३५ प्रतिशत सेयर खरिद

१८ वर्षदेखि सञ्चालनमा रहेको गेट कलेजको स्वामित्व सोल्टीले पनि लिएसँगै शिक्षा क्षेत्रमा कलेजले झनै आक्रामक शैक्षिक कार्यक्रम ल्याउने अपेक्षा गरिएको छ।

images
images

काठमाडौं- सोल्टी होटेलको प्रमुख संस्थापक कम्पनी सोल्टी इन्टरप्राइजेज प्रालिले शैक्षिक क्षेत्रमा पनि लगानी विस्तार गरेको छ। कम्पनीले ग्लोबल एकेडेमी अफ टुरिजम एण्ड हस्पिटालिटी (गेट) कलेजको ३५ प्रतिशत स्वामित्व लिएको छ।  कम्पनीले स्वामित्व लिएसँगै कलेजलाई सोल्टी गेट कलेजको नाममा 'रिब्राण्डिङ' गरिएको छ।  

images
images
images

सोल्टी इन्टरप्राइजेज र गेट कलेजले मंगलबार लगानी साझेदारी सार्वजनिक गरेका छन्। गेट कलेजको ३५ प्रतिशत स्वामित्व लिएसँगै   पर्यटन उद्योगमा दक्ष जनशक्ति उत्पादन गर्ने उद्देश्यले गेट कलेजमा साझेदारको रुपमा भित्रिएको सोल्टीले जनाएको छ। 

images
images

यो सहमतिबाट होटेल व्यावस्थापनसम्बन्धी शैक्षिक अध्यापनका लागि अतुलनीय योगदान हुने विश्वास लिइएको छ। होटेल व्यावस्थापनसम्बन्धी शैक्षिक अध्यापन तथा व्यवहारिक अतिथ्यता कौशलमा निपूर्णता प्राप्त संस्था र सोल्टी इन्टरप्राइजेजबीच सम्पन्न भएको यो लगानी तथा संस्था सञ्चालनसम्बन्धी समझदारीले अग्रगामी आतिथ्य सत्कारमा व्यवसायिक संस्थाहरूको कुशल दक्ष शिक्षा र व्यावहारिक प्रयोगात्मक ज्ञानको माध्यमबाट नेपालमा होटेल व्यावस्थान शिक्षाको उत्कृष्ट विकासमा सहयोग पुग्ने दाबीसमेत गरिएको छ।

images
images

१८ वर्षदेखि सञ्चालनमा रहेको गेट कलेजको स्वामित्व सोल्टीले पनि लिएसँगै शिक्षा क्षेत्रमा कलेजले झनै आक्रामक शैक्षिक कार्यक्रम ल्याउने अपेक्षा गरिएको छ। 

सोल्टी इन्टरप्राइजजे र गेट कलेज बीचको यो रणनीतिक लगानीसम्बन्धी संयुक्त लगानीले शिक्षामा विशुद्ध लगानीको बिषयमात्र नभइ आतिथ्य तथा होटेल व्यावस्थापन क्षेत्रमा आधुनिकतम शैक्षिक नवप्रवर्तनलाई अग्रगति प्रवाह गर्ने उद्देश्यबाट अभिप्रेरित पहल भएकोसमेत कम्पनीले जनाएको छ।

आतिथ्य तथा होटेल व्यावस्थापन शिक्षामा विद्यार्थीहरूलाई अतुलनीय मूल्य प्रदान गर्ने, उनीहरूलाई द्रुत रूपमा विकसित विश्वव्यापी परिदृश्यमा भविष्यको सफलताको लागि व्यावहारिक शिक्षा सहित उच्च शिक्षाको माध्यमबाट परिष्कृत गर्दै व्यैयक्तिक सफलताको लागि समेत सुनिश्चितता प्रदान गर्नेछ।

सोल्टी इन्टरप्राइजेज र गेट कलेजको यस कार्यले आतिथ्य तथा होटेल व्यावस्थापन शैक्षिक उत्कृष्टतामा नयाँ आयाम तथा मानक निर्धारण गर्ने अपेक्षा गरिएको विज्ञप्तीमार्फत जनाएका छन्।


प्रकाशित : मंगलबार, भदौ ११ २०८११८:१२

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2025 All right reserved to biznessnews.com  | Site By : SobizTrend