बिहीबार , असोज ३ गते २०८१    
images
images

नाडा अटो शोमा सीजी मोटर्सको चार नयाँ ब्राण्ड सार्वजनिक

images
बिजनेस न्युज
बिजनेस न्युज
मंगलबार, भदौ ११ २०८१
images
images
नाडा अटो शोमा सीजी मोटर्सको चार नयाँ ब्राण्ड सार्वजनिक
images
images

काठमाडौं- नाडा अटो शो २०२४ लाई लक्षित गर्दै सीजी मोटर्सले नेपाली बजारमा चारवटा नयाँ ब्राण्ड सार्वजनिक गरेको छ। नेपाली बजारमा विद्युतीय सवारी साधनको बढ्दो माग र ग्राहकहरूको आवश्यकता र अपेक्षालाई मध्यनजर गर्दै सीजी मोटर्सले चार विभिन्न नयाँ ब्राण्डहरू सार्वजनिक गरेको जनाएको छ। 

images
images
images

सीजी मोटर्सले नाडा अटो शो मार्फत अवतार, एक्सपेन्ग, रिडारा र हिरो गरी चार नयाँ ब्राण्ड सार्वजनिक गरेको हो। यी चार नयाँ ब्राण्ड सार्वजनिक भएसँगै सीजी मोटर्सले नेपाली बजारमा बिक्री गर्दै आएको ब्राण्डको संख्या १० पुगेको छ। यसपालीको नाडा अटो शो मा नेटा, एक्सपेन्ग, अवतार, एओन, रिडारा, सीजी केवाईसी, किङलङ र हिरो गरी सीजी मोटर्सका ८ वटा स्टल रहेका छन्।

सीजी मोटर्सले नाडा अटो शोमार्फत नै नेपाली बजारमा अवतार सार्वजनिक गरेको छ। अवतारको 'अवतार ११' मोडल नाडा अटो शो मार्फत सार्वजनिक भएको हो। अवतार विश्वप्रसिद्ध सवारी साधन उत्पादक कम्पनी चाङगन, टेक्नोलोजीमा अग्रणी कम्पनी हुवावे र उत्कृष्ट ब्याट्री उत्पादक कम्पनी सीएटीएलको साझेदारीमा उत्पादन भएको ब्राण्ड हो। 

अवतार ११ प्रिमियम सेग्मेन्टमा पर्ने लक्जरीयस र फ्युचुरीस्टिक एसयुभि हो भने उक्त गाडी एक फुल चार्जमा ६८० किलोमिटरसम कुद्न सक्ने क्षमता राख्दछ। अवतार ११ मा १९० किलोवाट को मोटर जडित छ भने ९० किलोवाट आवर र ११६ किलोवाट आवरको ब्याट्री गरी नेपाली बजारमा दुई भेरियन्टमा उपलब्ध हुनेछ। इच्छुक ग्राहकहरूले‌ नाडा अटो शोको स्टल नम्बर एच १३ मार्फत थप जानकारी पाउन सक्ने सीजीले जनाएको छ। 

images

नाडा अटो शो को स्टल नम्बर जी १२ मा रहेको एक्सपेन्ग, सीजी मोटर्सले सार्वजनिक गरेको अर्को ब्राण्ड हो। एक्सपेन्ग को जी सिक्स मोडल प्रिमियम सेग्मेन्टमा पर्छ भने उक्त गाडीले एक फुल चार्जमा ४३५ किलोमिटरको रेञ्ज प्रदान गर्ने कम्पनीको दाबी रहेको छ। १९० किलोवाट को मोटर र ६६ किलोवाट को ब्याट्री रहेको एक्सपेन्ग जी सिक्स ले २१२ किलोवाट सम्मको डिसि फास्ट चार्ज सपोर्ट गर्छ भने १० प्रतिशतबाट ८० प्रतिशतसम्म चार्ज गर्न २० मिनेट लाग्नेछ।

त्यसैगरी नाडा अटो शोमार्फत नै सार्वजनिक गरेको अर्को ब्राण्ड हो रिडारा। नाडा अटो शो को स्टल नम्बर ए ९ मा रहेको रिडारा ले नेपाली बजारमा रिडारा आरडी सिक्स सार्वजनिक गरेको हो। ६३ किलोवाट आवर को ब्याट्री र २०० किलोवाटको को पिक मोटर पावर रहेको रिडारा आरडी सिक्स ले ३७७ किलोमिटरको रेञ्ज प्रदान गर्नेछ।

नेपाली बजारमा लोकप्रिय रहेको नेटा भी को अपार सफलता पश्चात नेटा ले नयाँ मोडल, नेटा एक्स नाडा मार्फत सार्वजनिक गरेको छ। नेटा एक्स स्टल नम्बर ए ३ मा रहेको छ र ग्राहकहरूले उक्त स्टलबाट नेटा एक्स को अनुभव लिन सक्नेछन्। कम्पनीले दाबी गरेको ५०० किलोमिटरको रेञ्जसहित नेटा एक्स मा ८ वर्ष वा १ लाख ८० हजार किलोमिटरसम्मको ब्याट्री र मोटर वारेन्टी पाउन सकिने छ। सीएटीएल को ब्याट्री जडित नेटा एक्स लाई फुल चार्ज गर्न ९ घण्टा लाग्दछ भने फास्ट चार्ज मार्फत उक्त गाडीलाई ३० मिनेटमै चार्ज गर्न सकिनेछ।

त्यसैगरी स्टल नम्बर बी ५ मा रहेको एओन ले नाडा लाई लक्षित गरी एओन वाई, एओन भी, हाइपर र हाइपर एचटी प्रदर्शनमा रहेको छ र सँगसँगै स्टल नम्बर एम १३ बाट हिरोमार्फत सीजी मोटर्सले दुई पाङ्ग्रे सेगमेन्टमा आफ्नो सेवा विस्तार गरेको छ। उक्त स्टलमा हिरो को करिज्मा एक्सएमआर, एक्स-प्लस प्रो २०० फोरभी, एक्स्ट्रिम १६० आरफोर, एक्सट्रिम १२५ आर र जुम ११० प्रदर्शनमा रहेका छन्।

यससँगै सीजी मोटर्सको प्यासेन्जर सेगमेन्टमा नेपालकै सर्वाधिक बिक्रि हुने इलेक्ट्रिक भ्यान, सीजी केवाईसी स्टल नम्बर जेटू मार्फत प्रदर्शन गरिएको छ। सीजी केवाईसी ले विगतका वर्षहरूमा ग्राहकहरूको मन जित्न सफल रहेको छ र तसर्थ नेपालकै सर्वाधिक बिक्री हुने इलेक्ट्रिक भ्यान हुन पुगेको छ।

नाडा अटो शोमार्फत सीजी केवाईसी ले पर्यटन क्षेत्रलाई लक्षित गर्दै कम्फर्ट र सुरक्षालाई प्राथमिकता राख्दै सीजी केवाईसी को ७ सिटर इलेक्ट्रिक भ्यान सार्वजनिक गरेको छ र उक्त गाडीले यात्रुहरूलाई लक्जरी र सुरक्षित यात्राको अनुभव प्रदान गर्नेछ। सीजी केवाईसी ले एक फुल चार्जमा ३०० किलोमिटरको रेञ्ज प्रदान गर्दछ भने डुअल एरब्याग, ए.बि.एस. जस्ता उत्कृष्ट सेफ्टी फिचर्सहरू समावेश गरिएको छ।

यसैगरी लामो रुटको यात्राको लागि लक्जरीयस र कम्फर्टेवल यात्राको समाधान स्वरुप सीजी मोटर्सले किङलङ १९ सिटर, १६ सिटर र १५ सिटर सार्वजनिक गरेको छ र उक्त गाडी नाडाको स्टल नम्बर जे १ मा प्रदर्शनमा राखिएको सीजीले जनाएको छ।


प्रकाशित : मंगलबार, भदौ ११ २०८११७:५९
  • सम्बन्धित विषय:

  • # नाडा अटो २०२४
  • प्रतिक्रिया दिनुहोस
    कार्यकारी सम्पादक

    केदार दाहाल

    सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

    २८३८/०७८-७९

    © 2024 All right reserved to biznessnews.com  | Site By : SobizTrend