बुधबार, असार १८ गते २०८२    
बुधबार, असार १८ २०८२
images
images

भिउसखोलाको पुल बाढीले भत्काउँदा पठनपाठन बन्द

images
मंगलबार, भदौ ११ २०८१
images
images
भिउसखोलाको पुल बाढीले भत्काउँदा पठनपाठन बन्द

ट्रस ब्रिजको एउटा भाग पुरै भत्किएको शिवालय गाउँपालिकाका पूर्वाधार विकास शाखाका इन्जिनियर मनोज केसीले जानकारी दिए।

images
images

सुर्खेत- बाढीले पुल भत्काउँदा जाजरकोटको शिवालय गाउँपालिका-६ स्थित खडकदेवी माध्यमिक विद्यालय टुनीबगरको पठनपाठन बन्द छ। खोला तर्न नसक्दा विद्यार्थीहरु विगत नौ दिनदेखि विद्यालय जान पाएका छैनन्।

images
images

विद्यालय जाने बीच बाटोमा रहेको भिउसखोलाको बाढीले पुल भत्काएको हो। विद्यालय आवतजावत गर्न वैकल्पिक बाटो नहुँदा पठनपाठन बन्द गर्नुपरेको सो विद्यालयद्वारा जारी विज्ञप्तिमा उल्लेख छ।

images
images

भिउसखोलामा रहेको ट्रस ब्रिजको एउटा भाग पुरै भत्किएको शिवालय गाउँपालिकाका पूर्वाधार विकास शाखाका इन्जिनियर मनोज केसीले जानकारी दिए। 'पुल निर्माण गर्न विकास साझेदार निकायसँग समन्वय भइरहेको छ', उनले भने।

images
images
images

विद्यार्थीको पढाइसँगै सर्वसाधारणको आवतजावत नै ठप्प भएको स्थानीयले बताएका छन्। विद्यालय व्यवस्थापन समितिको निर्णय अनुसार यही भदौ २ गतेदेखि विद्यालय बन्द भएको शिक्षा शाखाका प्रमुख मानबहादुर बस्नेतले बताए। रासस


प्रकाशित : मंगलबार, भदौ ११ २०८११५:५६

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2025 All right reserved to biznessnews.com  | Site By : SobizTrend