शुक्रबार, वैशाख ५ गते २०८२    
शुक्रबार, वैशाख ५ २०८२
images
images

पहिरोले दिक्तेल-हलेसी सडक अवरुद्ध

images
मंगलबार, भदौ ११ २०८१
images
पहिरोले दिक्तेल-हलेसी सडक अवरुद्ध
फाइल तस्बिर।

पहिरोले सडक अवरुद्ध भएपछि राजधानी काठमाडौंलगायत पूर्वी तराईका विभिन्न जिल्ला जाने यात्रु बाटोमै अलपत्र परेका छन्।

images
images

खोटाङ- मध्यपहाडी लोकमार्गअन्तर्गत दिक्तेल-हलेसी सडकखण्ड पहिरोका कारण अवरुद्ध भएको छ। हलेसी तुवाचुङ नगरपालिका-१० अर्खौलेस्थित नागी नजिक करिब ५० मिटर सडकमा आज बिहान पहिरो जाँदा सो सडक अवरुद्ध भएको हो।

images
images
images

अवरुद्ध सडक सञ्चालन गर्न पहिरो पन्छाउने काम भइरहेको नगरप्रमुख विमला राईले जानकारी दिए।

images
images

'चुवाचुङबाट झरेको पहिरोले करिब ५० मिटरभन्दा लामो सडकखण्ड ओगटेको छ। पहिरो हटाउन बिहानैदेखि लागिपरेका छौँ', उनले भने, 'पूर्णरुपमा सडक सञ्चालन गर्न समय लाग्छ।' 

images
images

पहिरोले सडक अवरुद्ध भएपछि राजधानी काठमाडौंलगायत पूर्वी तराईका विभिन्न जिल्ला जाने यात्रु बाटोमै अलपत्र परेका छन्।सडक खुलाउन यात्रु आफै पनि लागि परेका छन्।

तुवाचुङबाट झरेको पहिरोसँगै ठूल्ठूला रुख र ढुंगा सडकमा थुप्रिएका छन्। पहिरो झर्ने क्रम रोकिएको छैन।

उक्त स्थानमा विगत वर्षमा पनि पटक-पटक पहिरो जाने गरेको थियो। उक्त क्षेत्रमा कमेरो माटो भएकाले पहिरो निरन्तर जाने गरेको स्थानीय बासिन्दाले बताएका छन्। रासस


प्रकाशित : मंगलबार, भदौ ११ २०८११५:०५

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2025 All right reserved to biznessnews.com  | Site By : SobizTrend