शनिबार, जेठ ३ गते २०८२    
शनिबार, जेठ ३ २०८२
images
images

बिलबीजक नभएका एक करोड ३१ लाखभन्दा बढी मूल्यका सामान बरामद

images
मंगलबार, भदौ ११ २०८१
images
बिलबीजक नभएका एक करोड ३१ लाखभन्दा बढी मूल्यका सामान बरामद
फाइल तस्बिर

बिलबीजकभन्दा धेरै सामान बोकेका ट्रकलाई राजस्व अनुसन्धान कार्यालय पथलैयामा बुझाइएको प्रहरीले जनाएको छ।

images
images

पर्सा- वीरगञ्जमा एक करोड ३१ लाख १५ हजार छ सय ९८ रूपैयाँ मूल्य पर्ने बिलबीजक नभएका औषधि तथा लत्ताकपडासहितका सामान बरामद गरिएको छ।

images
images
images

जिल्ला प्रहरी कार्यालय पर्साबाट खटिएको प्रहरी टोलीले वीरगञ्ज महानगरपालिका-८ स्थित घण्टाघरबाट बिलबीजकभन्दा धेरै सामान बोकेका दुईवटा ट्रकसहितको सामान बरामद गरेको प्रहरी नायब उपरीक्षक दीपक भारतीले जानकारी दिए।

images
images

उनले बिलबीजकभन्दा धेरै सामान बोकेका ट्रकलाई आइतबार राति पक्राउ गरिएकामा राजस्व अनुसन्धान कार्यालय पथलैयामा बुझाइएको बताए।

images
images

प्रदेश ७-०१-००१ ख ३०८८ र ना ३ ख ५१६५ नंको मालवाहक ट्रकबाट कपडा, औषधि र खुद्रा मालवस्तु लोड गरी चितवन तथा कैलालीतर्फ लैजाने क्रममा पक्राउ गरिएको प्रहरीले जनाएको छ। रासस


प्रकाशित : मंगलबार, भदौ ११ २०८११४:३५

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2025 All right reserved to biznessnews.com  | Site By : SobizTrend