शनिबार, जेठ २३ गते २०८३    
शनिबार, जेठ २३ २०८३

बिलबीजक नभएका एक करोड ३१ लाखभन्दा बढी मूल्यका सामान बरामद

मंगलबार, भदौ ११ २०८१
बिलबीजक नभएका एक करोड ३१ लाखभन्दा बढी मूल्यका सामान बरामद
फाइल तस्बिर

बिलबीजकभन्दा धेरै सामान बोकेका ट्रकलाई राजस्व अनुसन्धान कार्यालय पथलैयामा बुझाइएको प्रहरीले जनाएको छ।

पर्सा- वीरगञ्जमा एक करोड ३१ लाख १५ हजार छ सय ९८ रूपैयाँ मूल्य पर्ने बिलबीजक नभएका औषधि तथा लत्ताकपडासहितका सामान बरामद गरिएको छ।

जिल्ला प्रहरी कार्यालय पर्साबाट खटिएको प्रहरी टोलीले वीरगञ्ज महानगरपालिका-८ स्थित घण्टाघरबाट बिलबीजकभन्दा धेरै सामान बोकेका दुईवटा ट्रकसहितको सामान बरामद गरेको प्रहरी नायब उपरीक्षक दीपक भारतीले जानकारी दिए।

उनले बिलबीजकभन्दा धेरै सामान बोकेका ट्रकलाई आइतबार राति पक्राउ गरिएकामा राजस्व अनुसन्धान कार्यालय पथलैयामा बुझाइएको बताए।

प्रदेश ७-०१-००१ ख ३०८८ र ना ३ ख ५१६५ नंको मालवाहक ट्रकबाट कपडा, औषधि र खुद्रा मालवस्तु लोड गरी चितवन तथा कैलालीतर्फ लैजाने क्रममा पक्राउ गरिएको प्रहरीले जनाएको छ। रासस


प्रकाशित : मंगलबार, भदौ ११ २०८११४:३५

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend