बागमती- पहिरोका कारण अवरुद्ध हेटौँडा-काठमाडौं सडक आजदेखि सञ्चालनमा आएको छ। सडक विभागले पहिरो हटाएसँगै अवरुद्ध सडक खुलेको हो।
जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रवक्ता एवं प्रहरी नायब उपरीक्षक लक्ष्मी भण्डारीका अनुसार मकवानपुरको इन्द्रसरोवर गाउँपालिका-३ मा वर्षाका कारण पहिरो गएको थियो।
यस्तै कान्तिलोकपथस्थित मकवानपुरको भीमफेदी गाउँपालिका-८ महादेवटार सडकखण्ड समेत पहिरोका कारण अवरुद्ध भएको थियो। अहिले उक्त सडकसमेत सञ्चालनमा आएको प्रहरी नायव उपरीक्षक भण्डारीले बताए। रासस