बुधबार, असोज ९ गते २०८१    
images
images

बजेट अभावले बागलुङमा निर्माणाधीन दुई पालिकास्तरीय अस्पताल अलपत्र

images
मंगलबार, भदौ ११ २०८१
images
images
बजेट अभावले बागलुङमा निर्माणाधीन दुई पालिकास्तरीय अस्पताल अलपत्र

नगर अस्पतालमा बजेट नआउँदा गत सालदेखि नै काम ठप्प भएको छ।

images
images

ढोरपाटन- बागलुङमा दुई पालिकास्तरीय अस्पताल अलपत्र परेका छन्। जिल्लाको ढोरपाटन नगरपालिका-९ ढोरपाटन खापाथरमा निर्माणाधीन १० शय्याको नगर अस्पताल र निसीखोला गाउँपालिका-४ झिम्पामा बन्दै गरेको १० शय्याको आधारभूत अस्पताल अलपत्र परेका हुन्।

images
images
images

ढोरपाटनको नगर अस्पतालभन्दा निसीखोलाको आधारभूत अस्पताल एक वर्ष पहिला निर्माण सुरु गरिएको थियो। आधारभूत अस्पताल निर्माणका लागि विसं २०७८ माघ २० गते सम्झौता भएर काम सुरु भएको थियो। नगर अस्पताल विसं २०७९ असार २४ गतेदेखि निर्माण थालिएको थियो।

विसं २०८० पुसमा सम्पन्न गर्नेगरी निर्माण सुरु भएको आधारभूत अस्पताल हालसम्म ८५ प्रतिशत मात्रै काम सकिएको निर्माणको जिम्मा पाएको हिन्दुङ एसी आईएस जेबी कन्स्ट्रक्सनका प्रमुख दीपककुमार अदैले जनाकारी दिए।

गाउँपालिकाले १० करोड ९४ लाख रूपैयाँको लागत अनुमान गरेकामा निर्माण कम्पनीले आठ करोड २४ लाख रूपैयाँमा जिम्मा लिएको थियो। पछिल्लो दुई वर्ष बजेट नपरेपछि काम रोकिएको अदै बताउँछन्। यस अस्पतालको हालसम्म ८५ प्रतिशत काम सकिएको र अझै एक करोड ७० लाख रूपैयाँ बजेट अपुग भएको उनको भनाइ छ।

images

निसीखोला आधारभूत अस्पताल निर्माणका लागि चार वर्षअगाडि गाउँपालिकाले सात रोपनी दुई आना जग्गा निःशुल्क व्यवस्थापन गरेको थियो। ढोरपाटन नगर अस्पतालको काम सोही निर्माण कम्पनीले जिम्मा पाएको थियो।

नगर अस्पतालमा बजेट नआउँदा गत सालदेखि नै काम ठप्प भएको छ। निर्माण कम्पनीले गत वर्ष भदौमै नगरपालिकामा ६ करोड ६१ लाख रूपैयाँको बिल बुझाए पनि अहिलेसम्म रकम नआउँदा काम गर्न नसकेको अदै बताउँछन्।

अस्पातलको भवन निर्माणका लागि १२ करोड ९६ लाख रूपैयाँमा जिम्मा लिएको अदैको भनाइ छ। काम गर्नुभन्दा पहिले सुरुमा पेस्की रकम दुई करोड ४६ लाख रूपैयाँ मात्रै आएको उनले बताए।

भौगोलिक हिसाबले ढोरपाटन टाढा र सडक पनि निकै साँघुरो तथा अप्ठ्यारो हुँदा ढुवानी र कामदारका लागि बढी खर्च भएको अदै बताउँछन्। विसं २०८२ असार २३ सम्ममा निर्माण सक्नुपर्ने अस्पताल भवन करिब आधा सकिँदा पनि काम अनुसारको भुक्तानी नभएको गुनासो उनले गरे। अहिले बजेट नै नपरेको उनको भनाइ छ।

उनले भने, 'नगर अस्पताल निर्माणको जिम्मा त पायौँ तर काम गरेको रकम पाउन सकेनौँ, करोडौँ रकम अहिलेसम्म पाउन सकिएको छैन, यस वर्ष बजेट पनि नपरेको हुँदा अस्पताल अलपत्र जस्तै भएको छ, पोहोर साल भदौ दोस्रो सात नै नगरपालिकामा लगेर बिल बुझाएको थिए, अहिलेसम्म भुक्तानी पाउन सकेका छैनौँ, निसीखोलाको भुक्तानी पायौँ अब ‘फिनिसिङ’को काम बाँकी थियो, तर बजेट नै आएन, बजेट नभएपछि कसरी काम गर्न सकिन्छ?'

ढोरपाटनका उपप्रमुख धनबहादुर कायतले नगरपालिकाको बजेटले अस्पताल निर्माण गर्न नसक्ने हुँदा अर्थ र स्वास्थ्य मन्त्रालयमा बजेट व्यवस्थानका लागि पत्र पठाएको बताए।

उनले निर्माण कम्पनीलाई काम गरेकै ६ करोड बढी रकम भुक्तानी गर्न बाँकी रहेको भन्दै त्योसहित थप बजेट केन्द्र सरकारले व्यवस्थापन नगरेसम्म काम अगाडि बढ्ने स्थिति नरहेको बताए। रासस


प्रकाशित : मंगलबार, भदौ ११ २०८११२:५८

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2024 All right reserved to biznessnews.com  | Site By : SobizTrend