बुधबार, असोज ९ गते २०८१    
images
images

मजखोरीमा सिँचाइ पोखरी निर्माणले किसान लाभान्वित

images
मंगलबार, भदौ ११ २०८१
images
images
मजखोरीमा सिँचाइ पोखरी निर्माणले किसान लाभान्वित

छिमेकी गाउँ बुड्खोरीबाट ल्याइएको पानी ९६ हजार लिटर पानी अटाउने पोखरी निर्माण गरेर व्यवस्थापन गरिएको स्थानीय सुनिल मण्डेलले बताए।

images
images

बझाङ- छविसपाथिभेरा गाउँपालिका-७ मजखोरीमा सिँचाइ पोखरी निर्माणले किसान लाभान्वित भएका छन्। यहाँ खेती गर्न आकासेपानीको भरपर्ने अवस्था हटेको छ। 

images
images
images

आर्थिक वर्ष २०८०/८१ मा सुदूरपश्चिम प्रदेशको भौतिक पूर्वाधार विकास मन्त्रालयअन्तर्गत जलस्रोत तथा सिँचाइ विकास डिभिजन कार्यालय बझाङको सहयोगमा निर्माण गरिएको पोखरीले मजखोरीका किसानलाई राहत भएको स्थानीय किट्टी धामीले बताए।

उनले हाल आकासे पानीको भर पर्दा जमिन नै बाँझो राख्नुपर्ने अवस्था हटेको बताए। विगतमा करेसाबारीका लागि पनि पानी नहुँदा समस्या हुने गरेको स्मरण गर्दै धामीले अचेल किसानका खेत बाँझो नरहने अवस्था निर्माण भइरहेको बताए।

यहाँ छिमेकी गाउँ बुड्खोरीबाट ल्याइएको पानी ९६ हजार लिटर पानी अटाउने पोखरी निर्माण गरेर व्यवस्थापन गरिएको स्थानीय सुनिल मण्डेलले बताए। 'यहाँ कृषि पेसा गर्ने ७७ परिवारले अब आकासेपानीको भरपर्ने अवस्था छैन। हिउँदेयाममा सबैको खेत बाँझै रहने, सामान्य तरकारी पनि फलाउन नसक्ने अवस्था भएपछि योजना माग गरेका थियौँ। कार्यान्वयन भएकामा निकै खुसी भएको छौँ', उनले भने।

images

मजखोरी सिँचाइ निर्माण उपभोक्ता समितिका अध्यक्ष सुवास मण्डेलले एक हजार पाँचसय मिटरको एकसय १० एमएमको मोटो पाइप, एकसय मिटर फलामे (जीआई) पाइप, १३ वटा इन्टेक निर्माण गरेर पानी वितरण गरेको जानकारी दिए। रासस


प्रकाशित : मंगलबार, भदौ ११ २०८११२:५२

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2024 All right reserved to biznessnews.com  | Site By : SobizTrend