मंगलबार, असार २४ गते २०८२    
मंगलबार, असार २४ २०८२
images
images

नबिल र बंगलादेश बैंकको मर्जर प्रक्रियासँगै एनबीका सीईओ ढुंगाना एक दशकपछि बाहिरिए 

images
बिजनेस न्युज
बिजनेस न्युज
शनिबार, पुस २४ २०७८
images
images
नबिल र बंगलादेश बैंकको मर्जर प्रक्रियासँगै एनबीका सीईओ ढुंगाना एक दशकपछि बाहिरिए 

एनबी बैंक सञ्चालक समितले भूपेन्द्र पाण्डेलाई वरिष्ठ नायब कार्यकारी अधिकृतमा नियुक्त गरेको छ। 

images
images

काठमाडौं- नबिल बैंक र नेपाल बंगलादेश (एनबी) बैंकको मर्जरको अन्तिम तयारी भइरहेका वेला एनबी बैंकका प्रमुख कार्यकारी अधिकृत (सीईओ) ज्ञानेन्द्र प्रसाद ढुंगानाले राजिनामा दिएका छन्। 

images
images

ढुंगाना वि.सं. २०६८ सालदेखि बैंकको सीईओको रुपमा एनबी बैंकको नेतृत्वमा रहेर एकदशकपछि बाहिरिएका छन्। ढुंगानाले बैंकबाट १० वर्षपछि अवकास लिएका हुन्। पुस मसान्तमा  कार्यकाल सकिने भएपछि अवकास लिएका हुन्। एनबी बैंक सञ्चालक समितले भूपेन्द्र पाण्डेलाई वरिष्ठ नायब कार्यकारी अधिकृतमा नियुक्त गरेको छ। 

images
images

नबिल र बंगलादेश बैंकबीच मर्जरपछि केही समय ढुंगाना सिइओ बन्नेगरी कार्य अगाडि बढेको छ। सोही कारण पनि ढुंगानाले १० वर्षपछि अवकास लिएको चर्चा चलेको छ। नेपाल बंगलादेश बैंक (एनबी) मा रहेको आईएफईसीको सेयर बिनोद चौधरीकी श्रीमती सारिका चौधरीले खरिद गरेसँगै नबिल बैंकसँग मर्जर प्रक्रियाले औपचारिकता पाइसकेको छ।

images
images
images

दुवै बैंकले मर्जरको लागि मर्जर समिति गठन गरिसकेका छन्। मर्जर समितिले सेयर मिलान अनुपात (स्वाप) लगायत विषयमा छलफल गरेर सहमति गर्ने छ। अबको एक साताभित्रै सम्झौता गर्नेगरी प्रक्रिया अगाडि बढाइएको छ। जसमा स्वाप रेसियोको विषय भने दुवै बैंकको सम्पत्ति मूल्यांकन (डीडीए) गरेपछि मात्रै अगाडि बढ्ने छ।

सारिका चौधरीलाई बंगलादेश बैंकमा रहेको आईएफआईसी ४१ प्रतिशत सेयर बिक्रीको लागि एमओयू अन्तिम चरणमा रहेको जानकारी गराएको छ।
नेपाल बाट नेपाल धितोपत्र बोर्ड, नेपाल राष्ट्र बैंक तथा खरिदकर्ता चौधरी समूहले सूचना गोप्य राखिरहेका बेला बंगलादेशबाट आईएफआईसीका कम्पनी सचिवले  विज्ञप्ति जारी गर्दै जानकारी गराएका छन्।  कुन कम्पनीसँग सम्झौता हुँदै छ भन्ने पूर्ण जानकारी नगराए पनि बंगलादेशमा रहेका लगानीकर्ताहरूलाई जानकारी गराएको छ।

सारिका चौधरीले ६ अर्ब भन्दा बढीमा उक्त सेयर खरिद गरेकी छन्। यता बंगलादेश बैंक र नबिल बैंक दुवैले मर्जका लागि मर्जर समिति बनाइसकेका छन्। दुवैले प्रस्ताव ल्याएपछि स्वाप रेसियो लगायत विषय टुंगो लाग्ने छ। मर्जरपछि २९ अर्ब चुक्ता पुँजी पुग्ने बैंकको एकीकृत कारोबार बैशाख देखि गर्ने तयारी छ।

तर यो सब प्रक्रियामा नेपालमा रहेका कुनै पनि कम्पनीले जानकारी गराएका छैनन्। सेयर बजारमा मूल्य प्रभाव पार्ने भए पनि गुपचुप काम गरिएको छ। यद्यपि अनौपचारिक सूचना भने पहिलेदेखि नै बाहिरिएको हो।

 


प्रकाशित : शनिबार, पुस २४ २०७८१२:१८
प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2025 All right reserved to biznessnews.com  | Site By : SobizTrend