काठमाडौं- लिपमोटर्सको सी-१० एसयूभी नाडा अटो शोमा सार्वजनिक भएको छ। लिपमोटर्सको आधिकारिक बिक्रेता सांग्रिला मोटर्सले सी-१० को बुकिङ पनि सुरु गरेको छ।
कम्पनीले सी-१० एसयूभीको मूल्य ६७ लाख ९९ हजार रुपैयाँ तोकेर बुकिङ खुला गरेको हो। लिपमोटर्सको सी-१० साइजमा निकै ठूलो रहेको छ।
‘मोर देन पावरफुल’ नारासहित सार्वजनिक भएको सी-१० मोडल निकै बलियो बडी स्ट्रक्चरसहितको एसयूभी भएको कम्पनीको दाबी छ। यसले सुरक्षा परीक्षणमा यूरो एनक्यापमा ५ स्टार रेटिङ पाएको छ।
यो एसयूभीमा १ सय ९० एमएमको ग्राउन्ड क्लियरेन्स, ४ सय ३५ लिटरको बुट स्पेस र २८ सय २५ एमएम लामो ह्वील वेस रहेको छ।
यो एसयूभीको भित्र सफ्टटच मेटेरियरल प्रयोग गरेर बनाइएको ड्यासबोर्ड, चालकको हाइट अनुसार ४ तरिकाले मिलाउन मिल्ने स्टेरिङ, हिडन एसी भेन्ट, हिटेड र भेन्टिलेटेड सिट, ड्यूल जोन क्लाइमेट कन्ट्रोल, एम्बीयन्ट लाइट, हिटेड स्टेरिङ जस्ता प्रिमियम विशेषता छन्।
१०.२५ इन्चको इन्फर्मेसन डिस्प्ले र १४.६ इन्चको सेन्ट्रल टच स्कृन दिइएको एसयूभीमा वायरलेस चार्जर, १२ स्पीकर, इन्टेलिजेन्ट ड्राइभर एसिस्ट सिस्टम उपलब्ध छ।
लिपमोटर्सले सी १० मा ६९.९ किलोवाट आवर क्षमताको एलएफपी ब्याट्री दिएको छ। उक्त ब्याट्रीले सिंगल चार्जमा ४ सय २० किलोमिटर रेन्ज दिने डब्लूएलटीपी प्रमाणित गरेको छ। गाडीमा १ सय ६० किलोवाट पिक पावरको मोटर दिइएको छ।