मंगलबार, असार २४ गते २०८२    
मंगलबार, असार २४ २०८२
images
images

आवास निर्माणमा राउटेलाई फकाउन जब मन्त्री झाँक्रीले मितेरी साइनो जोडिन्

images
बिजनेस न्युज
बिजनेस न्युज
शनिबार, पुस २४ २०७८
images
images
आवास निर्माणमा राउटेलाई फकाउन जब मन्त्री झाँक्रीले मितेरी साइनो जोडिन्

मन्त्री झाँक्रीले सम्झना शाही र गाजलु शाहीसँग तथा भवन विभागका महानिर्देशक पदमकुमार मैनालीले प्रकाश शाहीसँग मित लगाए।

images
images

कर्णाली- सङ्घीय सरकारले राउटे जातिका लागि आधारभूत पूर्वाधार निर्माणका लागि चालु आर्थिक वर्षमा दुई करोड रुपैयाँ बजेट विनियोजन गरेको छ। फिरन्ते जीवनशैली अपनाउने राउटे समुदाय स्थायी बसोबासमा तयार छैनन्।

images
images

आवास निर्माणसम्बन्धी योजना कार्यान्वयनमा ल्याउन शुक्रबार सहरी विकासमन्त्री रामकुमारी झाँक्रीसहितको टोली राउटे बस्ती पुग्यो। राउटे अगुवासमक्ष मन्त्री झाँक्रीले स्थानान्तरण गर्न सकिने भवन बनाउन सरकार तयार रहेको बताउँदैन भनिन, 'तपाईंहरूले चाहेकै जस्तो भवन हामी (सरकार) बनाइदिन्छौँ, जहाँ बसाइँ सर्नुहुन्छ, त्यही भवन बनाउँछौँ।' मन्त्रीको उक्त प्रस्तावमा राउटे अगुवा सितीमिति सहमत भएनन्।

images
images

राउटेलाई फकाउन सुर्खेतको सिम्ता गाउँपालिका-४ कालीखोला पुगेको सरकारी टोलीले एउटा जुक्ति निकाल्यो, ‘मितेरी साइनो गाँस्ने। अन्ततः मन्त्री झाँक्रीले सम्झना शाही र गाजलु शाहीसँग तथा भवन विभागका महानिर्देशक पदमकुमार मैनालीले प्रकाश शाहीसँग मित लगाइन्। टोपी, कपडा र सरसामान आपसमा साटासाट गरी मित लगाइएको घोषणा गरियो। मन्त्रीसहितले आफ्ना सदस्यसँग मितेरी साइनो गाँसेपछि समुदायमा केहीबेर खुशीयाली छायो।

images
images
images

करिब तीन घण्टा मितेरी साइनोसँगै भलाकुसारीपछि राउटे अगुवा फिरन्ते शैलीका संरचनामा बस्न तयार भए। तीनवटै समुदायका मुखिया, पूर्वमुखियासहितको छलफलमा मन्त्री झाँक्रीले स्थानान्तरण गर्न सकिने (ट्रस) प्रकृतिका भवन निर्माणको प्रस्ताव राखिन्। राउटे अगुवाहरूले अस्थायी भवनमा बस्न तयार हुने वचन दिए।

राउटे अगुवाकै अनुरोधमा सहरी विकास मन्त्रालयले अस्थायी आवासको प्राविधिक डिजाइन तयार गर्नेछ। सङ्घीय आयोजना कार्यान्वयन एकाइ सुर्खेतका प्रमुख अमरबहादुर थापाले चालु आर्थिक वर्षमा विनियोजित बजेटअनुसार भवन विभागले डिजाइनको खाका तयार गर्ने र राउटे अगुवासँग छलफलपछि अन्तिम रूप दिइने बताए।

'हामीले एउटा फोल्डिङ गर्न सकिने ट्रस भवनको नमूना राउटे बस्तीमै लिएर देखाउँछौँ', उनले भने, 'त्यसपछि राउटेको सुझावअनुसार अन्तिम डिजाइन बन्छ, जहाँ राउटे सर्दैछन्, त्यहीँ अस्थायी भवन बनाइदिन्छौँ, ताकि अर्को ठाउँ सर्दा फोल्डिङ गरेर लैजान सकून्।'

मन्त्री झाँक्रीले राउटे समुदायमा आवास, शिक्षा र स्वास्थ्योपचारको प्रस्ताव राखेको आयोजना प्रमुख थापाले बताए। छलफलमा शिक्षा र स्वास्थ्यका सवाललाई राउटे अगुवाहरूले खासै महत्व नदिएको उनको भनाइ छ।

यसैबीच राउटे समुदायलाई मन्त्री झाँक्रीले व्यक्तिगत खर्चमा ७० थान ब्ल्याङ्केट र एक थान त्रिपाल प्रदान गरिन्।

मन्त्रीसमक्ष राउटेले तीन महिनाको सामाजिक सुरक्षा भत्ता नपाएको गुनासो गर्दै माघी पर्वअगावै भत्ता पठाइदिन आग्रह गरेका थिए। रासस                         


प्रकाशित : शनिबार, पुस २४ २०७८१२:०७
प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2025 All right reserved to biznessnews.com  | Site By : SobizTrend