बिहीबार , असोज ३ गते २०८१    
images
images
आजदेखि नाडा अटो शो २०२४

ईभीले नेपाली अटोमोबाइलको ‘ग्ल्यामर’लाई पुनर्जागृत गर्दै

images
मंगलबार, भदौ ११ २०८१
images
images
ईभीले नेपाली अटोमोबाइलको ‘ग्ल्यामर’लाई पुनर्जागृत गर्दै

प्रिमियम विद्युतीय कार ब्रान्डहरु धमाधन आइरहेका छन्। आयात भइरहेका ब्रान्डका पनि प्रिमियम मोडलका विद्युतीय कार आउन थालेका छन्। त्यस्तै केही कम्पनीहरुले अफरो विद्युतीय एसयूभी पनि ल्याउन थालेका छन्।

images
images

काठमाडौं- केही वर्षयता नेपाली अटोमोबाइल क्षेत्रले बिरासतमा रहेको ग्ल्यामर गुमाउँदै गएको थियो। यसको मुख्य कारण कोभिड, त्यसपछिको आयात प्रतिबन्ध र सुस्ताएको देशको आर्थिक गतिविधि नै थियो। 

images
images
images

२०२२ मा नाडाले गरेको ईभी शोले त्यो शिथिलतालाई चिर्न त सकेन तर सुस्त बनेको अटोमोबाइल बजारलाई केही स्वास भने दियो। २०२३ मा पनि देशको अर्थतन्त्रको हालत यस्तै थियो। तर पूर्णआकारको अटो शो भएकाले त्यसले व्यवसायीका साथै धेरै क्षेत्रलाई केही न केही चलायमान बनाउन योगदान पुगेको विश्वास व्यवसायीहरुको छ। 

२०२४ को अटो शोमा भने केही फरक सिनारियो देखिने छ। यो वर्ष कमर्सियल भ्यानमा सबै विद्युतीय छन् भने प्यासेन्जर कारमा सुजुकी मात्रै ईभी नभएको ब्रान्ड हो भने ६ वटा ब्रान्ड आईसी र ईभी दुवै सेगमेन्टका सवारी ब्रान्ड छन् भने बाँकी पूर्णविद्युतीय ब्रान्डको सहभागिता रहेको छ। त्यस्तै दुई पांग्रेतर्फ पनि आधा दर्जन विद्युतीय ब्रान्ड छन्। 

अहिले पनि सरकारले आईसी इन्जिन सवारीलाई प्रवाह गरिने सवारी कर्जामा विद्युतीयको तुलनामा पेट्रोलियमलाई लगाएको कडाइको नीति जारी राखेको छ। वतावरणमैत्री सवारीलाई प्रबर्द्धन गर्ने मूल नीतिअनुसार सरकारले विद्युतीय सवारीमा आईसी इन्जिनको तुलनामा कर सहुलियत दिएको छ। सोही कारण सबैजसो व्यवसायिक घराना विद्युतीय कार आयात गर्न केन्द्रित भएका छन्। 

images

यसअघि बिक्री गर्दै आएको ब्रान्डले विद्युतीय कार उत्पादन नगरेका वा गरेका ब्रान्डको आधिकारिक बिक्रेता भएका नेपाली कम्पनीहरु चिनियाँ विद्युतीय सवारी ब्रान्ड ल्याउन तँछाडमछाड गरेरै लागि रहेका छन्। सोही करण यो संस्करणको अटो शो विद्युतीय सवारीमय भएको छ। 

प्रिमियम विद्युतीय कार ब्रान्डहरु धमाधन आइरहेका छन्। आयात भइरहेका ब्रान्डका पनि प्रिमियम मोडलका विद्युतीय कार आउन थालेका छन्। त्यस्तै केही कम्पनीहरुले अफरो विद्युतीय एसयूभी पनि ल्याउन थालेका छन्। 

यो वर्ष धेरै अवलोकनकर्ताको ध्यान प्रिमियम ब्रान्डका विद्युतीय सवारीले आकर्षित गर्ने निश्चित छ। नाडा अटो शो २०२४ मा एक्सपाङ, अवतार, स्काइवेल, लिपमोटर, बीवाईडी, हुन्डाई, ओमोडा/जेको, किया, दिपल, जीकर, एमजीलगायत ब्रान्डले प्रिमियम विद्युतीय प्रोडक्ट ल्याइका छन्र त्यस्तै अन्य ब्रान्डहरुले पनि प्रिमियम सेगमेन्टमा प्रवेश गर्न र नयाँ ब्रान्ड ल्याउने तयारी गरिरहेका छन्। 

नाडा अटो शो २०२४ मा सहभागी नभए पनि प्रिमियम ईभीमा टेस्ला, अउडी, बीएमडब्लू, पोर्सालगायत ब्रान्डले पनि महत्वपूर्ण भूमिका खेलेका छन्। यी ब्रान्डका विद्युतीय प्रिमियम कारले धुमिल हुन लागेको नेपाली अटोमोबाइलको ग्ल्यामरलाई चम्किलो बनाउने काम गरिरहेका छन्। 

यो चम्किलोपनलाई नाडा अटो शो २०२४ ले थप कसी लगाएर अझ चम्किलो बनाउने विश्वास अटोमोबाइल व्यवसायीहरुको छ। विद्युतीय कारको बिक्री २०२३ मै ५७ प्रतिशत पुगेको र २०२४ को छ महिनाको तथ्यांकका आधारमा कुल सवारीमा विद्युतीयको हिस्सा ७१ प्रतिशतभन्दा धेरै पुगिसकेको छ। त्यसैले पनि अबको ग्ल्यामर जोगाउने र उपाभेक्तालाई न्यून प्रदूषण गर्ने विद्युतीय सवारीले नै आकर्षित गर्नेछ। 

नाडा अटो शो २०२४ को उद्घाटन मंगलबार बिहान ९ बजे अर्थमन्त्री विष्णुप्रसाल पौडेलले गर्दै छन्। ६ दिनसम्म चल्ने अटो शोमा नेपाली बजारमा उपलब्धमध्ये अधिकांश सवारी ब्रान्ड सहभागी छन्। 

नेपाली बजारमा विद्युतीय कारको माग तथा बिक्री बढ्दै गएकाले यो वर्षको अटो शोमा प्यासेन्जर कार र लाइट कमर्सियल सेगमेन्टमा विद्युतीय ब्रान्डको बोलवाला नै रहेको छ। 

अटो शोको यो १६औँ संस्करणमा २३ ब्रान्डका प्यासेन्जर कार, १९ ब्रान्डका मोटरसाइकल तथा स्कुटर, १४ वटा ब्रान्डका लाइट कमर्सियल सवारी तथा २६ वटा कम्पोनेन्ट ब्रान्डहरू सहभागी हुँदै छन्। त्यस्तै बीमा कम्पनी शिखर इन्सुरेन्स र ७ वटा बैंकका स्टल रहने छन्। 

नाडा अटो शो अटोमोबाइल व्यवसायीहरुका लागि कुम्भमेला नै हो। नेपालीहरुको ठूलो चार्ड दसैँको सम्मुखमा हुने अटो शोले सवारी बिक्री बढाउन अहम भूमिका खेल्दै आएको छ।

अटो शोमा वार्षिक रुपमा बिक्री हुने सवारीको ३० देखि ३० प्रतिशत सवारी बिक्री हुने अनुमान व्यवसायीहरुको छ। उपभोक्ताले पनि एकै छानामुनी विभिन्न ब्रान्डका सवारीसाधन हेर्न र छनोट गरेर खरिदको मनसाय बनाउने सुवर्ण अवसर नाडा अटो शोले उपलब्ध गराउँदै आएको छ। 


प्रकाशित : मंगलबार, भदौ ११ २०८१०५:३७
  • सम्बन्धित विषय:

  • # नाडा अटो २०२४


  • प्रतिक्रिया दिनुहोस
    कार्यकारी सम्पादक

    केदार दाहाल

    सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

    २८३८/०७८-७९

    © 2024 All right reserved to biznessnews.com  | Site By : SobizTrend