बुधबार, चैत २० गते २०८१    
बुधबार, चैत २० २०८१
images
images

सीजी मोटर्स आधिकारिक बिक्रेता भएको स्मार्टको विद्युतीय कार नेपाल भित्रियो

images
सोमबार, भदौ १० २०८१
images
images
सीजी मोटर्स आधिकारिक बिक्रेता भएको स्मार्टको विद्युतीय कार नेपाल भित्रियो

स्मार्ट थ्रीले एक पटकको फुल चार्जमा ४ सय २० देखि ४ सय ४० किलोमिटर रेन्ज डब्लूएलटीपी प्रमाणित रहेको कम्पनीको दाबी छ।

images
images

काठमाडौं- सीजी मोटर्सले अर्को विद्युतीय ब्रान्डको कार भित्र्याएको छ। यसअघि नै आधिकारिक बिक्रेता नियुक्त भएको सीजी मोटर्सले हालै स्मार्टको विद्युतीय कार ल्याएको हो। 

images
images

चिनियाँ सवारी उत्पादक कम्पनी स्मार्ट अटोमोबाइलको आधिकारिक बिक्रेता सीजी मोटर्स नियुक्त भएको थियो। राइट ह्यान्ड ड्राइभमा उत्पादन नभएकाले हालसम्म नेपालमा आयात हुन सकेको थिएन। तर अहिले स्मार्टले राइट ह्यान्ड ड्राइभमा उत्पादन थालेपछि सीजी मोटर्सले स्मार्टको नयाँ विद्युतीय कार स्मार्ट थ्री नेपाल ल्याएको छ। 

images
images

सीजी मोटर्सले केही दिनअघि स्मार्ट थ्री दुई वटा ल्याएको हो। स्मार्ट अटोमोबाइल कम्पनी जीली होल्डिङ र मर्सिडिज बेन्जबीचको संयुक्त उपक्रममा स्थापना भएको विद्युतीय कार स्टार्टअप कम्पनी हो। 

images
images

स्मार्ट अटोमोबाइलले सस्टेनेवल एक्सपेरियन्स आर्किटेक्चर इलेक्ट्रिक प्लेटफर्ममा आधारित रहेर विद्युतीय कार उत्पादन गर्दै आएको छ। यो प्लेटफर्म जीलीले विकास गरेको हो। 

स्मार्ट थ्री विद्युतीय कार २०२३ अप्रिल १७ मा पहिलो पटक चीनमा सार्वजनिक भएको थियो। स्मार्ट थ्री कम्प्याक्ट क्रसओभर एसयूभी सेगमेन्टको विद्युतीय कार हो। यो कार रेयर ह्वील मोटर, फोर ह्वील ड्राइभ र रेयर मोटर अप्सनमा उपलब्ध रहेको छ। तर नेपाल आएको स्मार्ट थ्री रेयर मोटरमा आएको अनुमान गरिएको छ। 

स्मार्ट थ्रीमा ६६ किलोवाट आवरको ब्याट्री प्याक रहेको छ। यो कारले २ सय किलोवाट र ३ सय १५ किलोवाट पावरमा उपलब्ध छ। स्मार्ट थ्रीले एक पटकको फुल चार्जमा ४ सय २० देखि ४ सय ४० किलोमिटर रेन्ज डब्लूएलटीपी प्रमाणित रहेको कम्पनीको दाबी छ। 

स्मार्ट थ्रीको ह्वील बेस २७ सय ८५ एमएम रहेको छ। त्यस्तै यो कारको लम्बाई ४४ सय ४० एमएम, चौडाई १८ सय ४४ एमएम र उचाई १५ सय ५६ एमएम रहेको छ। 

यो कारको मूल्यलगायत बारे भने कम्पनीले केही खुलाएको छैन। सीजी मोटर्सले स्मार्टको शोरुम थापाथलीमा निर्माण गरिरहेको छ। 

सीजी मोटर्सले लाइट कमर्सियल सवारी र प्यासेन्जर कारसहित १ दर्जन चिनियाँ विद्युतीय सवारी ब्रान्ड नेपाली बजारमा उपलब्ध गराएर बिक्री गर्दै आएको छ। नाडा अटो शो २०२४ मा सीजी मोटर्सले ७ वटा चिनियाँ विद्युतीय सवारी ब्रान्ड प्रदर्शनीमा राखेको छ। तर स्मार्ट ब्रान्ड भने यो अटो शोमा सहभायी भएको छैन। 


प्रकाशित : सोमबार, भदौ १० २०८११७:२८

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2025 All right reserved to biznessnews.com  | Site By : SobizTrend