बिहीबार , कात्तिक ८ गते २०८१    
images
images

१४ करोड खर्चेर पूर्वविद्यार्थीले बनाए आफैले अध्ययन गरेको जीर्ण विद्यालय भवन

images
बुधबार, भदौ १२ २०८१
images
images
१४ करोड खर्चेर पूर्वविद्यार्थीले बनाए आफैले अध्ययन गरेको जीर्ण विद्यालय भवन
images
images

बारा- आफैले अध्ययन गरेको जीर्ण सरकारी विद्यालय भवन बनाउन सरकार उदासिन देखिएपछि कलैयाकै पूर्वविद्यार्थीले १४ करोड रुपैयाँ खर्चेर नयाँ र सुविधासम्पन्न विद्यालय भवन बनाइदिएका छन्। 

images
images
images

जब कि सरकारी विद्यालय सबैको लागि साझा सम्पत्ति हो। विद्यालयको संरक्षण र सञ्चालनमा सरकारसहितका सबै निकायले सहयोगी भूमिका निर्वाह गर्नु पर्छ। त्यसमा पनि सरकारी विद्यालयको संरक्षण गर्नु त सरकारको प्रमुख दायित्वअन्तर्गत  पर्छ।

यस्तोमा सरकारले समेत ध्यान पुर्‍याउन नसकेको कलैया उपमहानगरपालिका वडा नं. १ स्थित श्री ३ चन्द्र माध्यमिक विद्यालयको जीर्ण भवन भत्किने अवस्थामा पुगेको थियो।

images

विद्यालय भवनको छत आफै भत्किन थालेको थियो। तर त्यसलाई पुनर्निर्माण गर्न कतैबाट पनि सहयोग हुन सकेको थिएन। भवन निर्माणको लागि तीनै तहका सरकारलाई गुहार गर्दा पनि कुनै सुनुवाइ भएको थिएन।

images

जीर्ण भएको दिवार र चुहिने छतमुनी त्रासपूर्ण वातावरण आफूहरू अध्ययन गर्न बाध्य हुनुपरेको श्री ३ चन्द्र माध्यमिक विद्यालयमा कक्षा १० मा अध्ययनरत छात्रा अर्चना दासले बताइन्।

उनी जस्तै त्रासपूर्ण वातावरणमा कक्षामा सहभागी हुन बाध्य भएका सोही विद्यालयमा कक्षा १० मै अध्ययनरत विद्यार्थी विजय पटेलले पहिलाको तुलनामा अहिले विद्यालयको पूर्वाधारसँगै शैक्षिक वातारणमा सुधार भइरहेको बताए।

sidheswar chhatrawash 2.jpeg

नयाँ भवन बनाउन नितान्त आवश्यकता भएको बेला यसै विद्यालयमा अध्ययन गरी हाल अमेरिकामा बस्दै आएका बजरंगलाल अग्रवाल र पवन अग्रवालले विद्यालयको भवन निर्माणमा तदारुकता देखाए।

दुवै दाजुभाइ मिलेर खोलेको अग्रवाल फाउण्डेशन संस्थामार्फत विद्यालयको पुरानो संरचना भत्काएर करोडौँको लगानीमा नयाँ भवन निर्माण गराइरहेको श्री ३ चन्द्र माध्यमिक विद्यालयका प्रधानाध्यापक नरेन्द्र कुमार गिरीले जानकारी दिए। 

‘हामीलाई कोही व्यक्तिले यसरी विद्यालय बनाइदिन्छन् भने विश्वास नै लागेको थिएन,’ उनले भने, ‘तर सरकार र विद्यालयको एक पैसा लगानी नलिइ उहाँहरूले व्यक्तिगत रुपमा हाम्रो विद्यालय भवन निर्माण गराइरहनु भएको छ।’ यही विद्यालयबाट पढेका विद्यार्थी सक्षम स्थानमा पुगेर सहयोग गरेकोमा उनले खुसी व्यक्त गरे।

विदेशमा बसेर काम गरिरहेका दाजुभाइले आफ्नो जन्मभूमी भएको कलैयामा केही गर्न इच्छा लागेर यसरी आफू अध्ययन गरेको विद्यालय भवनलाई निर्माण गर्न लागेको अग्रवाल फाउन्डेशनका कलैया सम्पर्क व्यक्ति निरन्जन अग्रवालले बताए। फाउण्डेशनले श्री ३ चन्द्र माविको पूरै भवन र सिद्धेश्वर संस्कृत माविको संस्कृत छात्रावास भवन निर्माणको लागि करिब १४ करोड रुपैयाँ खर्च गरिरहेको उनले जानकारी दिए।

‘सरकारले सहयोग नगरेको जानकारी पाएपछि उनीहरु आफै भवन निर्माण गराउन जुटेका हुन्,’ उनले भने, ‘पार्ट पार्टमा नक्सा तयार गराइ निर्माण कार्य भइरहेको छ।’

उनीहरुले पुर्‍याएको योगदानको लागि अग्रवालले धन्यवादसमेत दिए। आफू अध्ययन गरेको विद्यालयलाई मात्र होइन कलैयाकै अर्को विद्यालय सिद्धेश्वर संस्कृत विद्यालयको संस्कृत छात्रावासमा पनि उनीहरुले कोठा थप्ने काम गरिरहेको सिद्धेश्वर संस्कृत विद्यालय कलैयाका विद्यालय व्यवस्थापन समिति अध्यक्ष मणिन्द्रनाथ शर्माले जानकारी दिए।

देशको तीनै तहका सरकारले गर्न नसकेको काम अग्रवाल फाउण्डेसनले गरेर सह्रानीय काम गरेको छ। यसरी नै यहाँको शैक्षिक अवस्था सुधारका क्षेत्रमा काम गर्न अरुलाई पनि प्रोत्साहन गर्न दाजुभाइको योगदानले प्रेरणा दिने विश्वास लिइएको छ।


प्रकाशित : बुधबार, भदौ १२ २०८११०:४५

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2024 All right reserved to biznessnews.com  | Site By : SobizTrend