बिहीबार , जेठ २१ गते २०८३    
बिहीबार , जेठ २१ २०८३

यसरी तयार हुँदैछ नाडा अटो शोको प्रदर्शनी स्थल [तस्बिरहरू]

सोमबार, भदौ १० २०८१
यसरी तयार हुँदैछ नाडा अटो शोको प्रदर्शनी स्थल [तस्बिरहरू]

काठमाडौं- भोलि मंगलबारदेखि नाडा अटो शो २०२४ सुरु हुँदै छ। काठमाडौंको भृकुटीमण्डपस्थित प्रदर्शनी कक्षमा सहभागीहरूले धमाधम स्टल निर्माण गरिरहेका छन्। 

अटो शोको औपचारिक उद्घाटन मंगलबार बिहान अर्थमन्त्री विष्णुप्रसाद पौडेलले गर्ने छन्। ६ दिनसम्म चल्ने अटो शोमा नेपाली बजारमा उपलब्धमध्ये अधिकांश सवारी ब्रान्ड सहभागी छन्। 

नेपाली बजारमा विद्युतीय कारको माग तथा बिक्री बढ्दै गएकाले यो वर्षको अटो शोमा प्यासेन्जर कार र लाइट कमर्सियल सेगमेन्टमा विद्युतीय ब्रान्डको बोलवाला नै रहेको छ। 

अटो शोको यो १६औँ संस्करणमा २३ ब्रान्डका प्यासेन्जर कार, १९ ब्रान्डका मोटरसाइकल तथा स्कुटर, १४ वटा ब्रान्डका लाइट कमर्सियल सवारी तथा २६ वटा कम्पोनेन्ट ब्रान्डहरू सहभागी हुँदै छन्। त्यस्तै बीमा कम्पनी शिखर इन्सुरेन्स र ७ वटा बैंकका स्टल रहने छन्। 

nada tayari (2).jpg
nada tayari (3).jpg
nada tayari (4).jpg
nada tayari (5).jpg
nada tayari (6).jpg
nada tayari (7).jpg
nada tayari (8).jpg
nada tayari (9).jpg
nada tayari (10).jpg
nada tayari (11).jpg
nada tayari (12).jpg
nada tayari (13).jpg
nada tayari (14).jpg


प्रकाशित : सोमबार, भदौ १० २०८११५:१७
  • सम्बन्धित विषय:

  • # नाडा अटो २०२४


  • प्रतिक्रिया दिनुहोस
    कार्यकारी सम्पादक

    केदार दाहाल

    सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

    २८३८/०७८-७९

    © 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend