बुधबार, असोज ९ गते २०८१    
images
images

जन्मदर्ता र मृत्युदर्ता गराए पाँच हजार सहयोग

images
सोमबार, भदौ १० २०८१
images
images
जन्मदर्ता र मृत्युदर्ता गराए पाँच हजार सहयोग

देउमाईले नगरभित्र स्थायीरुपमा बसोबास गरेका दीर्घ रोगीलाई वार्षिकरुपमा एकपटक उपचार खर्च उपलब्ध गराउँदै आएको छ।

images
images

फिक्कल- इलामको देउमाई नगरपालिकाले जन्मदर्ता र मृत्युदर्ता गराएबापत पाँच हजार रूपैयाँ सहयोग उपलब्ध गराउँदै आएको छ। घटना दर्ताअन्तर्गत ३५ दिनभित्र जन्मदर्ता र मृत्युदर्ता गराएबापत सो सहयोग उपलब्ध गराउँदै आएको हो।

images
images
images

देउमाईले नगरपालिकाको तर्फबाट ‘सुत्केरी शिशु पोषण कार्यक्रम’ अन्तर्गत नगरभित्र स्थायीरुपमा बसोबास गरेका प्रत्येक सुत्केरीलाई आफ्नो शिशुको ३५ दिनभित्र जन्मदर्ता गराए पाँच हजार रूपैयाँ पोषणभत्ता उपलब्ध गराउँदै आएको छ।

आर्थिक वर्ष २०८०/८१ मा नगरभित्रका दुईसय २७ सुत्केरीले देउमाई नगरपालिकाबाट ११ लाख ३५ हजार हजार रूपैयाँ पोषणभत्ता प्राप्त गरेका छन्। उनीहरु सबैले समयमै जन्मदर्ता गराएका कारण पोषणभत्ता उपलब्ध गराइएको देउमाई नगपालिकाका लेखा अधिकृत गजेन्द्र एक्तेनले जानकारी दिए।

देउमाईले अघिल्लो आर्थिक वर्ष २०७९/८० मा नगरभित्र स्थायीरुपमा बसोबास गरेका तीन सय १२ सुत्केरीलाई १५ लाख ६० हजार रूपैयाँ पोषणभत्ता उपलब्ध गराएको थियो। देउमाई नगरभित्र स्थायी रुपमा बसोबासी गरी कुनैपनि स्वास्थ्य संस्थामा चार पटक गर्भ जाँच गरेको र ३५ दिनभित्र वडा कार्यालयमा जन्मदर्ता गराएको प्रमाण पेस गर्नुपर्ने प्रावधान रहेको उनले बताए।

images

गर्भवती भएदेखि सुत्केरी भएको ३५ दिनभित्रको आमा र शिशुलाई उत्प्रेरणा तथा पोषणस्थितिमा आमा र शिशुको स्वास्थ्य सुधार गर्न ‘सुत्केरी शिशु पोषण कार्यक्रम’ लागु गरिएको नगर प्रमुख सूर्यप्रसाद पोख्रेलले बताए। सुत्केरी आमा र नवजात शिशुलाई गुणस्तरीय स्वास्थ्य सेवा दिन सकरात्मक सन्देश प्रवाह गर्नका लागि सुत्केरी शिशु पोषण व्यवस्थापन कार्यक्रम लागु गरिएको उनको भनाइ छ।

त्यसैगरी देउमाई नगरपालिकाले कुनैपनि कारणले मृत्यु भएका नगरभित्रका नागरिकका परिवारलाई दाहसंस्कार खर्चबापत पाँच हजार रूपैयाँ सहयोग उपलब्ध गराउँदै आएको छ। आर्थिक वर्ष २०८०/८१ मा देउमाईका दुईसय चारजना मृतकका परिवारले रु १० लाख २० हजार दाहसंस्कार खर्च प्राप्त गरेका थिए। 

घटना भएको ३५ दिनभित्र मृत्युदर्ता गराइ नगरपालिकामा पेस गरेपछि दाहसंस्कार खर्च उपलब्ध गराउने व्यवस्था रहेको लेखा अधिकृत एक्तेनले बताए। देउमाइले अघिल्लो आर्थिक वर्ष २०७९/८० मा नगरभित्रका एक सय ९० मृतकका परिवारलाई नौ लाख ५० हजार रूपैयाँ दाहसंस्कार खर्च उपलब्ध गराएको थियो।

त्यस्तै, आर्थिक वर्ष २०८०/८१ मा देउमाईका एक हजार सात सय ५४ ज्येष्ठ नागरिकले नगरको तर्फबाट ३५ लाख चार हजार रूपैयाँ पोसाक भत्ता पाएका छन्। देउमाई नगरभित्र स्थायी बसोबास गर्ने ७० वर्षमाथिका सबै ज्येष्ठ नागरिकलाई दुई हजार रूपैयाँका दरले पोसाक भत्ता उपलब्ध गराइएको हो। उनीहरुलाई नगरपालिकाले वार्षिकरुपमा एकमुष्ठ दुई हजार रूपैयाँका दरले पोसाक भत्ता उपलब्ध गराएको लेखा अधिकृत एक्तेनले जानकारी दिए।

देउमाईले आव २०७९/८० मा एक हजार पाँच सय ७६ ज्येष्ठ नागरिकलाई ३१ लाख ५२ हजार रूपैयाँ पोसाक भत्ता उपलब्ध गराएको थियो। यसैगरी नगरपालिकाले आव २०८१/८१ मा दीर्घ रोगी २५ जनालाई उपचार खर्च उपलब्ध गराएको छ।

देउमाईले दीर्घ रोगीलाई औषधि खर्चबापत पाँच हजार रूपैयाँका दरले एक लाख २५ हजार रूपैयाँ उपलब्ध गराएको लेखा अधिकृत एक्तेनले जानकारी दिए।

देउमाईले नगरभित्र स्थायीरुपमा बसोबास गरेका दीर्घ रोगीलाई वार्षिकरुपमा एकपटक उपचार खर्च उपलब्ध गराउँदै आएको छ। देउमाइले आव २०७९/८० मा दीर्घ रोगी ४० जनालाई दुई लाख रूपैयाँ उपचार खर्च उपलब्ध गराएको थियो। रासस 


प्रकाशित : सोमबार, भदौ १० २०८११४:४३

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2024 All right reserved to biznessnews.com  | Site By : SobizTrend