बुधबार, असार १८ गते २०८२    
बुधबार, असार १८ २०८२
images
images

भरतपुर महानगरमा कक्षा ११ का २ सय ६६ विद्यार्थीले पाए पूर्ण छात्रवृत्ति

images
बिजनेस न्युज
बिजनेस न्युज
सोमबार, भदौ १० २०८१
images
images
भरतपुर महानगरमा कक्षा ११ का २ सय ६६ विद्यार्थीले पाए पूर्ण छात्रवृत्ति

छात्रवृत्तिका लागि छनोट भएका विद्यार्थीलाई सिफारिसपत्र वितरण गरिएको छ। अल्पसङ्ख्यक र सीमान्तकृत समुदायका विद्यार्थीलाई पनि छात्रवृत्ति वितरण गरिएको छ।

images
images

चितवन- भरतपुर महानगरपालिकाले संस्थागत विद्यालयको कक्षा ११ मा अध्ययनरत २ सय ६६ विद्यार्थीलाई पूर्ण छात्रवृत्ति गरेको छ।

images
images

ती विद्यार्थीलाई अनलाइन आवेदन माग गरी शिक्षा ऐन तथा भरतपुर महानगरको छात्रवृत्ति व्यवस्थापन कार्यविधिअनुसार छात्रवृत्तिमा छनोट गरिएको हो।

images
images

भरतपुर महानगरपालिकाका प्रमुख रेनु दाहालले आइतबार आयोजित कार्यक्रममा विद्यार्थीको क्षमता र योग्यताका आधारमा कक्षा १२ सम्म पढ्नका लागि छात्रवृत्ति वितरण गरिएको बताइन्।

images
images
images

उनले शिक्षा क्षेत्रमा भरतपुर महानगरले उल्लेख्य फड्को मारेको उल्लेख गरिन्। उनले भनिन्, 'महानगरले शिक्षा क्षेत्रमा शैक्षिक तथा भौतिक रूपमा ठूलो फड्को मारेको छ।'

शिक्षामा सबैको पहुँच पुर्‍याउने उद्देश्यले महानगरपालिका अघि बढिरहेको उनले बताइन्। सरकारी विद्यालयको सुधार गर्दै संस्थागत विद्यालयसरह बनाउनेगरी महानगरले शिक्षा क्षेत्रमा काम गर्दै आएको उनको भनाइ थियो।

छात्रवृत्तिका लागि छनोट भएका विद्यार्थीलाई सिफारिसपत्र वितरण गरिएको छ। अल्पसङ्ख्यक र सीमान्तकृत समुदायका विद्यार्थीलाई पनि छात्रवृत्ति वितरण गरिएको छ।

'जेहेन्दार विद्यार्थीलाई पढाइमा प्रोत्साहन गर्ने नीति लिएका छौँ', शैक्षिक प्रशासन महाशाखा प्रमुख सुभाषचन्द्र आचार्यले भने। तीसवटा संस्थागत विद्यालयबाट छात्रवृत्ति दिइएको छ। छात्रवृत्ति पाएकामध्ये विज्ञानतर्फ एक सय ८९ र अन्य ७७ जना छन्।

छात्रवृत्ति पाउनेमा जेहेन्दारतर्फ ९९, गरिब तथा विपन्नतर्फ ९६, आदिवासी जनजातितर्फ २६, दलिततर्फ १३, अपाङ्गता भएका आठ, जनआन्दोलनका घाइते तथा सहिदका सन्ततितर्फ २४ रहेका छन्। महानगरले वार्षिक रूपमा छात्रवृत्ति वितरण गर्दै आएको छ। गत वर्ष महानगरले दुई सय ७४ जनालाई छात्रवृत्ति दिएको थियो। रासस


प्रकाशित : सोमबार, भदौ १० २०८११०:०६
प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2025 All right reserved to biznessnews.com  | Site By : SobizTrend