मंगलबार, असार २४ गते २०८२    
मंगलबार, असार २४ २०८२
images
images

ट्याक्सी चालकले यात्रुलाई भिजिटिङ कार्ड दिनुपर्ने

images
शनिबार, पुस २४ २०७८
images
images
ट्याक्सी चालकले यात्रुलाई भिजिटिङ कार्ड दिनुपर्ने

ट्याक्सी चालकले यात्रुलाई ट्याक्सीमा  चढने बित्तिकै नाम, ट्याक्सी नम्बर र सम्पर्क नम्बर नेपाली र अंग्रेजी भाषा लेखिएको भिजिटिङ कार्ड दिनु पर्ने छ।

images
images

काठमाडौं- बागमती प्रदेश सरकारले ट्याक्सी सञ्चालनमा नयाँ नियम ल्याएको छ। माघ १ गतेबाट लागू हुने गरी भौतिक पूर्वाधार विकास मन्त्रालय बागमती प्रदेशले ट्याक्सी सञ्चालनमा चालकले चारवटा काम गर्नुपर्ने व्यवस्था गरेको छ।

images
images

ट्याक्सी चालकले यात्रुको सुरक्षा तथा यात्रुले ट्याक्सीमा सामान छोडेको अवस्थामा सहजै सम्पर्कका लागिसमेत नयाँ नियम जारी गरेको छ। नयाँ नियम जारी भएसँगै अब ट्याक्सी चालकले यात्रुलाई ट्याक्सीमा चढ्नेबित्तिकै नेपाली र अंग्रेजी भाषा लेखिएको भिजिटिङ कार्ड दिनु पर्ने छ।

images
images

भिजिटिङ कार्डमा ट्याक्सीको नम्बर, चालकको नाम र सम्पर्क नम्बरसहितको विवरण भएको अंग्रेजी र नेपाली भाषामा लेखिएको भिजिटिङ कार्ड दिनु पर्ने छ।

images
images
images

यसैगरी ट्याक्सीले पूर्णरुपमा मिटर प्रयोग गर्नुपर्ने र मिटरमै हिँड्नु पर्ने व्यवस्था बागमती प्रदेश सरकारले जारी गरेको छ। यसैगरी ट्याक्सीमा छुटेको सामान सुरक्षित तवरमा प्रहरीलाई बुझाउनु पर्ने र नियमित रुपमा ट्याक्सी सफा गरी लैंगिक रुपमा विवेद नगरी सेवा दिनु पर्ने नयाँ व्यवस्था जारी गरिएको हो।

तर ट्याक्सी व्यवसायीले सरकारले जारी गरेको नयाँ व्यवस्था प्राय कहिँ पनि प्रयोग गरेका छैनन्।  यसअघि ट्याक्सी ठगी बढेको भन्दै यातायात व्यवस्था विभागले गुणस्तर नापतौल विभागमको सहकार्यमा बिलिङ मिटर लागू गरेको थियो।

विभागले २०७३ मंसिरबाट ट्याक्सीमा बिलिङ मिटरको व्यवस्था ल्याएको थियो। तर, ट्याक्सी चालक सुरुवाती समयमा केहीले प्रयोग गरे पनि अहिले अधिकांश ट्याक्सीले बिलिङ मिटर नै  प्रयोगमा ल्याएका छैनन्।

साथै विभागले ट्याक्सीमा यात्रुले देख्ने ठाउँमा ट्याक्सीको नम्बर राख्नु पर्ने व्यवस्था ल्याएको थियो। यो विषयमा पनि कागजमा मात्रै सीमित भएको छ। 


प्रकाशित : शनिबार, पुस २४ २०७८११:२४

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2025 All right reserved to biznessnews.com  | Site By : SobizTrend