शुक्रबार, वैशाख २६ गते २०८२    
शुक्रबार, वैशाख २६ २०८२
images
images

चितवनमा गत आवमा आठ सयभन्दा बढी उद्योग तथा व्यावसाय बन्द

images
आइतबार, भदौ ९ २०८१
images
चितवनमा गत आवमा आठ सयभन्दा बढी उद्योग तथा व्यावसाय बन्द

चितवनमा हालसम्म १६ हजार तीन ५० उद्योगको अभिलेख रहेको र २० हजार एक हजार ४१ वटा व्यावसायिक फर्म रहेको छन्।

images
images

चितवन- जिल्लामा दर्ता भएर सञ्चालमा रहेका ८ सय ५६ वटा उद्योग तथा व्यावसायीक फर्महरु बन्द भएका छन्। गत आर्थिक वर्षमा उद्योगतर्फ ३७६ र व्यावसायिक फर्मतर्फ ४८० बन्द भएका हुन्।

images
images
images

उद्योग तथा वाणिज्य कार्यालय चितवनका अनुसार जिल्लामा दर्ता हुने उद्योग तथा व्यावसायिक फर्मभन्दा खारेज हुनेको सङ्ख्या बढेको हो। गत आर्थिक वर्षमा यहाँ उद्योगतर्फ ४ सय ३९ वटा दर्ता भएका छन् भने व्यावसायिक फर्मतर्फ ४ सय ५१ वटा दर्ता भएका छन्।

images
images

कार्यालयका सूचना अधिकारी नारायणप्रसाद खनालका अनुसार उद्योगतर्फ खारेज हुनेमा एक सय ७७ वटा कृषि तथा वनजन्य उद्योग छन्। यस्तै उत्पादनमूलक उद्योग ८३ वटा, पर्यटनमूलक उद्योग ४२ वटा र सेवामूलक उद्योग ७४ वटा बन्द भएको खानालले जानकारी दिए।

images
images

गत आर्थिक वर्षमा दुई हजार एक सय नौ वटा उद्योगहरु नवीकरण गरिएको छ। वाणिज्यतर्फ दुई हजार छ सय ८९ वटा व्यवसाय नवीकरण भएको उनले जानकारी दिए।

जिल्लामा हालसम्म १६ हजार तीन ५० उद्योगको अभिलेख रहेको र २० हजार एक हजार ४१ वटा व्यावसायिक फर्म रहेको छन्। रासस 


प्रकाशित : आइतबार, भदौ ९ २०८११८:४२

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2025 All right reserved to biznessnews.com  | Site By : SobizTrend