शुक्रबार, वैशाख २६ गते २०८२    
शुक्रबार, वैशाख २६ २०८२
images
images

मानसरोवर कैलाश जाने सडक सञ्चालनमा

images
आइतबार, भदौ ९ २०८१
images
मानसरोवर कैलाश जाने सडक सञ्चालनमा

सडक अवरुद्ध हुँदा कैलाशबाट नेपाल फर्किन लागेका करिब पाँचसय यात्रु केरुङमा र तीर्थ जाँदै गरेका एकसय यात्रु रसुवागढीमा रोकिएका थिए।

images
images

रसुवा- वर्षाका कारण मानसरोवर कैलाश जाने चीन तर्फको भू-भागमा शुक्रबार रातिदेखि अवरुद्ध सडक आजदेखि सञ्चालनमा आएको छ।

images
images
images

केरुङ खोलाले कटान गरेको सडक चिनियाँ पक्षले पुनः निर्माण गरेपछि आज अपराह्नदेखि मानसरोवर कैलाश जाने दर्शनार्थीहरूको आवतजावत खुल्ला भएको सीमा सुरक्षा अधिकारीले जनाएका छन्।

images
images

प्रमुख जिल्ला अधिकारी वेदनिधि खनालकानुसार रसुवागढीको मितेरी पुलबाट पाँच किलोमिटर उत्तर चिनियाँ भूभागअन्तर्गत केरुङ खोलामा आएको बाढीले राजमार्ग कटान गरेपछि रोकिएका सबै यात्रु मितेरीपुलबाट आउजाउ गर्न थालेका छन्।

images
images

सडक अवरुद्ध हुँदा कैलाशबाट नेपाल फर्किन लागेका करिब पाँचसय यात्रु केरुङमा र तीर्थ जाँदै गरेका एकसय यात्रु रसुवागढीमा रोकिएका थिए। रोकिएका यात्रु अध्यागमनको प्रक्रिया पुर्‍याइ गन्तव्य जान थालेका प्रजिअ खनालले जानकारी दिए।

रोकिएका यात्रुलाई गन्तव्यमा जान नेपाल प्रहरी र सशस्त्र प्रहरी बल २० नं गुल्म रसुवाले समन्वय गरी यथेष्ट सहयोग गरेको प्रजिअ खनालले बताए। रासस


प्रकाशित : आइतबार, भदौ ९ २०८११७:३१

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2025 All right reserved to biznessnews.com  | Site By : SobizTrend