बुधबार, असोज ९ गते २०८१    
images
images

जुम्लाका ८ स्थानीय तहमध्ये संस्थागत क्षमता स्वमूल्यांकनमा कनकासुन्दरी प्रथम

images
आइतबार, भदौ ९ २०८१
images
images
जुम्लाका ८ स्थानीय तहमध्ये संस्थागत क्षमता स्वमूल्यांकनमा कनकासुन्दरी प्रथम

प्रतिवेदनअनुसार कनकासुन्दरीले उच्चतम ८४ दशमलव पाँच प्रतिशत अंक प्राप्त गरी पहिलो स्थान प्राप्त गरेको हो।

images
images

जुम्ला- यहाँका आठ स्थानीय तहमध्ये कनकासुन्दरी गाउँपालिका संस्थागत क्षमता स्वमूल्यांकनमा प्रथम भएको छ।

images
images
images

संघीय मामिला तथा समान्य प्रशासन मन्त्रालयले भदौ ६ गते सार्वजनिक गरेको आर्थिक वर्ष २०७९/८० को संस्थागत क्षमता स्वमूल्यांकनको नतिजाअनुसार कनकासुन्दरी गाउँपालिका जिल्लाको प्रथम स्थान प्राप्त गर्न सफल भएको हो।

मन्त्रालयको प्रतिवेदनअनुसार कनकासुन्दरीले उच्चतम ८४ दशमलव पाँच प्रतिशत अंक प्राप्त गरी पहिलो स्थान प्राप्त गरेको हो। दोस्रो स्थानमा हिमा गाउँपालिकाले ८० दशमलव ५० अंक प्राप्त गरेको छ।

तेस्रो पातारासी गाउँपालिकाको ७९ दशमलव ५० अंक ल्याएको छ। त्यस्तै चौथो तातोपानीले ७४ दशमलव ५० अंक प्राप्त गरेको संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले जनाएको छ।

images

क्रमशः त्यसपछि तिलाले ७४ प्रतिशत अंक ल्याएको छ। जिल्लाको एकमात्र चन्दननाथ नगरपालिकाले ६८ दशमलव ५० प्रतिशत, सिंजाले ६३ प्रतिशत र गुठीचौर गाउँपालिकाको सबैभन्दा कम जम्मा ५३ दशमलव ५० प्रतिशत अंक प्राप्त गरेको संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले सार्वजनिक गरेको संस्थागत क्षमता स्वमूल्यांकनको प्रतिवेदनमा उल्लेख छ। मन्त्रालयले विभिन्न एक सयवटा सूचक राखेर देशभरका स्थानीय तहको मूल्यांकन गर्ने गरेको छ।

खासगरी सुशासन, आर्थिक पारदर्शिता, जवाफदेहिता, प्रवाह भइरहेका सेवा, सूचनाको हकलगायत विभिन्न सूचकका आधारमा मूल्यांकन गर्ने गरिन्छ। त्यस्तै विकास निर्माण, शिक्षा, स्वास्थ्य, कृषिलगायत हरेक क्षेत्रमा स्थानीय सरकारलाई दिएको काम, कर्तव्य र अधिकारको उच्चतम कार्यान्वयनका आधारमा मूल्यांकन गर्ने गरिएको मन्त्रालयले जनाएको छ। रासस


प्रकाशित : आइतबार, भदौ ९ २०८११४:१०

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2024 All right reserved to biznessnews.com  | Site By : SobizTrend