बुधबार, असोज ९ गते २०८१    
images
images

सुक्खा बन्दरगाह भन्सार कार्यालय वीरगञ्जले साउनमा उठायो तीन अर्ब ७५ करोड राजस्व

images
आइतबार, भदौ ९ २०८१
images
images
सुक्खा बन्दरगाह भन्सार कार्यालय वीरगञ्जले साउनमा उठायो तीन अर्ब ७५ करोड राजस्व

कार्यालयको गत आवको साउनको तुलनामा चालु आवको साउनमा राजस्व संकलन ३२ करोड ४७ लाख ८४ हजार रूपैयाँले घटेको छ।

images
images

पर्सा- सिर्सियास्थित सुक्खा बन्दरगाह भन्सार कार्यालय वीरगञ्जले चालु आर्थिक वर्षको साउनमा तीन अर्ब ७५ करोड रूपैयाँ राजस्व संकलन गरेको छ।

images
images
images

भन्सार विभागले कार्यालयलाई चालु आवको साउनमा चार अर्ब ७३ करोड ३१ लाख ४५ हजार रूपैयाँ राजस्व संकलन गर्ने लक्ष्य निर्धारण गरेको थियो। कार्यालयले सो अवधिमा लक्ष्यको ७९ दशमलव २८ प्रतिशत अर्थात् तीन अर्ब ७५ करोड २२ लाख ११ हजार रूपैयाँ राजस्व संकलन गरेको जनाएको छ।

भन्सार कार्यालयका प्रमुख भन्सार अधिकृत धनबहादुर बरुवालले चालु आवको पहिलो महिनामा राजस्व संकलन उत्साहजनक देखिएको दाबी गरे। 'चालु आवको साउनमा राजस्व संकलनमा औसतमा उत्साहजनक देखिएको छ। भदौको समग्र राजस्व संकलनले आगामी दिनको दिशानिर्देश गर्नेछ', उनले भने। 

भन्सार विभागले कार्यालयलाई गत आवको साउनमा चार अर्ब २४ करोड ६३ लाख ३५ हजार लक्ष्य निर्धारण गरेकामा सो अवधिमा लक्ष्यको ९६ दशमलव ०१ प्रतिशत अर्थात् चार अर्ब सात करोड ६९ लाख ९५ हजार रूपैयाँ राजस्व संकलन गरेको थियो।

images

कार्यालयको गत आवको साउनको तुलनामा चालु आवको साउनमा राजस्व संकलन ३२ करोड ४७ लाख ८४ हजार रूपैयाँले घटेको छ। प्रमुख भन्सार अधिकृत बरुवालले गत आवको साउनको तुलनामा चालु आवको साउनमा समग्रमा राजस्व संकलनमा केही कमी आएको बताए।

कार्यालयले आव २०७९/८० को साउनमा भने तीन अर्ब ६१ करोड ८५ लाख दुई हजार रूपैयाँ राजस्व संकलन गरेको थियो। रासस


प्रकाशित : आइतबार, भदौ ९ २०८११४:०३

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2024 All right reserved to biznessnews.com  | Site By : SobizTrend