शुक्रबार, वैशाख २६ गते २०८२    
शुक्रबार, वैशाख २६ २०८२
images
images

शीतभण्डार निर्माण अधुरै, किसानको उत्पादन खेर जाँदै

images
आइतबार, भदौ ९ २०८१
images
शीतभण्डार निर्माण अधुरै, किसानको उत्पादन खेर जाँदै

तीन हजार मेट्रिक टन क्षमता भएको उक्त सहकारी शीतभण्डार निर्माण समयमै निर्माण सम्पन्न नहुँका जिल्लाका किसान मारमा परेका छन्।

images
images

राजविराज- सप्तरीमा शीतभण्डार निर्माण अधुरै रहेको छ। उक्त भवन निर्माण नहुँदा बर्सेनि किसानले उत्पदान गरेको तरकारी र फलफूल खेर जाने गरेको छ।

images
images
images

सप्तरीको राजविराज नगरपालिका-१५ देउरी भरुवामा २०७५ पुसमा शीतभण्डार निर्माण कार्य सुरु भएको थियो। तीन हजार मेट्रिक टन क्षमता भएको उक्त सहकारी शीतभण्डार निर्माण समयमै निर्माण सम्पन्न नहुँका जिल्लाका किसान मारमा परेका छन्। झण्डै २८ करोड रूपैयाँ लागतको शीतभण्डार निर्माण कार्य २०७८ सालदेखि रोकिएको छ।

images
images

बजेट अभावका कारण शीतभण्डार निर्माण कार्य बीचमै रोकिएको जिल्ला सहकारी संघ सप्तरीका प्रबन्धक रमेशप्रसाद गुप्ताले जानकारी दिए। शीतभण्डार निर्माणका लागि आर्थिक वर्ष २०७६/७७ मा संघीय सरकारबाट ६ करोड ३६ लाख रूपैयाँ उपलब्ध भएको उनले बताए। 'संघीय सरकारले १० करोड ७५ लाख रूपैयाँ उपलबध गराउन बाँकी नै छ, रकम अभावले निर्माणको जिम्मा लिएको कम्पनीले काम गर्न छाडेको छ।'

images
images

स्वीकृत कार्यक्रमअनुसार सहकारी तथा गरिबी निवारण मन्त्रालयसँग थप बजेट उपलब्ध गराउन पटक पटक माग गर्दै आएको प्रबन्धक गुप्ता बताउँछन्। सो अन्तर्गत नवलपरासी र सप्तरीमा एकसाथ सहकारी शीतभण्डार निर्माण थालिएको थियो।

नवलपरासीमा भने यसअघि नै शीतभण्डार निर्माण भएर प्रयोगमा समेत आइसकेको उनको भनाइ छ। संघीय सरकारको ६० प्रतिशत अनुदान, संघ संस्थाहरुको २० प्रतिशत तथा स्थानिय र प्रदेश सरकारको २० प्रतिशत अनुदानमा डेढ कट्ठा जग्गामा उक्त शीतभण्डार निर्माण गर्न थालिएको हो।

शीतभण्डार अभावले केरा, आँप, आलु, प्याज, लसुनलगायत उत्पादन खेर जाने गरेको छ। किसानले जिल्ला बाहेक अन्य ठाउँमा लगेर आफ्नो उत्पादन बिक्री गर्न सकिरहेका छैनन्। 'शीतभण्डार नहुँदा उत्पादन सस्तोमा बिक्री गर्नुपर्ने बाध्यता छ, बिक्री नहुँदा उत्पादन त्यसै खेर जाने गरेको किसानको गुनासो छ', प्रबन्धक गुप्ताले भने। बेमौसममा भने किसानले तरकारी र फलफूल महँगोमा किनेर खान बाध्य भएका उनको भनाइ छ।

स्थानीय किसानले उत्पादन गरेको फलफूल र तरकारी सहकारीमार्फत् शीतभण्डारमा भण्डारण गर्ने योजनाका साथ सो शीतभण्डार निर्माण कार्य अघि बढाइएको प्रबन्धक गुप्ता बताउँछन्। 'अहिले उत्पान खेर गइरहेको छ, सुरक्षित साथ राख्न सकिएको छैन', उनले भने, 'शीतभण्डारको सुविधा भएको खण्डमा बिक्री गर्न नसकिएको तरकारी र फलफूल लामो समयसम्म राख्न सकिन्छ, किसानले अत्यधिक लाभ लिनसक्ने अवस्था बन्थ्यो।'

प्रबन्धक गुप्ताका अनुसार मधेश प्रदेश सरकारले चालु आर्थिक वर्ष २०८१/८२ मा उक्त सहकारी शीतभण्डार निर्माणका आठ करोड रूपैयाँ बजेट विनियोजन गरेको छ। तर हालसम्म सो रकम भने प्राप्न हुन नसकेको उनको भनाइ छ। चाडो निर्माण कार्य सुरु गर्नुपर्नेमा जोड दिदै उनी जिल्लाका जिल्लामा उत्पादित कृषि उपज भण्डार गर्न शीतभण्डार नभइ नहुने प्रबन्धक गुप्ता बताउँछन्। 
 
शीतभण्डार निर्माणको जिम्मा पाएको शर्मा आशिष ओम साइराम, सानोठिमीले बजेट अभावकै कारण समयमै निर्माण सम्पन्न गर्न नसकिएको जनाएको छ। 'यसअघि काम गरेको तीन करोड ५७ लाख रूपैयाँ प्राप्त गर्न बाँकी छ', सो निर्माण कम्पनीका प्रतिनिधि सञ्जयकुमार मिश्रले भने।

आर्थिक वर्ष २०७७/७८ मा काम गरेको बिल पेश गरेपनि त्यसको सुनवाइ नभएको उनको भनाइ छ। रासस


प्रकाशित : आइतबार, भदौ ९ २०८११३:५०

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2025 All right reserved to biznessnews.com  | Site By : SobizTrend