शनिबार, भदौ २९ गते २०८१    
images
images

साइमेक्स इंकले नेपालमा लन्च गर्‍यो २०२४ भर्सनको बीवाईडी एटो थ्री

images
आइतबार, भदौ ९ २०८१
images
images
साइमेक्स इंकले नेपालमा लन्च गर्‍यो २०२४ भर्सनको बीवाईडी एटो थ्री

बीवाईडी एटो थ्री २०२४ भर्सन एड्भान्स्ड र सुपेरियर गरी दुई भेरिएन्टमा उपलब्ध रहेको छ। एड्भान्स्डमा ४९.९२  किलोवाट आवरको ब्याट्री प्याक रहेको छ र यसको मूल्य ५६ लाख ९० हजार रुपैयाँ तोकिएको छ।

images
images

काठमाडौं- नेपालमा बीवाईडी गाडीको आधिकारिक वितरक साइमेक्स इंक प्रालिले २०२४ भर्सनको बीवाईडी एटो थ्री औपचारिक रुपमा लन्च गरेको छ।

images
images
images

नेपालको पहिलो स्पोर्टी इलेक्ट्रिक एसयूभी मानिएको बीवाईडी एटो थ्री देशमा सबैभन्दा बढी बिक्री हुने एसयूभी बन्ने क्रममा तीव्र रुपले अगाडि बढिरहेको छ। नेपाल भित्रिएको दुई वर्षभन्दा कम समयमै ३ हजार युनिट भन्दा बढी बीवाईडी एटो थ्री नेपाली सडकमा गुडिरहेका छन्।

ड्राइभिङ अनुभवलाई अझै राम्रो बनाउन बीवाईडी एटो थ्री को २०२४ भर्सनमा धेरै आकर्षक अपग्रेड गरिनुका साथै नयाँ फिचर थप गरिएको कम्पनीले जनाएको छ। हाल यो गाडी आकर्षक कसमस ब्ल्याक कलर अप्सनमा समेत उपलब्ध भएको छ।

यसका साथै यसको इन्टेरियर युनिक ब्ल्याक र ब्लु कलर स्किममा समेत उपलब्ध छ र यसले गर्दा आधुनिकता प्रदान गरेको छ। यसको एक्सटेरियरमा पनि महत्वपूर्ण सुधार गरिएको छ। रियर ब्याज अर्थात पछिल्लो भागमा पहिले ‘बिल्ड योर ड्रिम’ ब्याज रहेकोमा अब भने स्लिक खालको ‘बीवाईडी’ मात्र लेखिएको छ।

images

डी-पिलर पहिले ड्रागन स्केलजस्तै प्याटर्नसहित सिल्भर कलरमा रहेकोमा अब भने स्टाइलिस ब्ल्याक कलरमा रहेको छ। यसले गाडीलाई स्पोर्टी डिजाइन प्रदान गर्न थप सहयोग गरेको छ। 

बीवाईडी एटो थ्रीको इन्फोटेनमेन्ट सिस्टमलाई समेत थप अपग्रेड गरिएको छ। पहिले १२.८ इन्च रहेकोमा अब यो १५.६ इन्च छ र यसले ड्राइभर तथा प्यासेन्जरको डिजिटल अनुभवलाई अझै रमाइलो बनाउँछ। सुपेरियर ग्रिप र सबै टेरेन्समा राम्रो ह्यान्डलिङ प्रदान गर्न गाडीको दुवै भेरियन्ट हाई-पर्फमेन्स कन्टिनेन्टल टायरले सुसज्जित गरिएको छ। 

बीवाईडी एटो थ्री को २०२४ भर्सनमा थप गरिएको सबैभन्दा महत्वपूर्ण नयाँ फिचर बीवाईडी एप हो। सो अत्याधुनिक एप्लिकेसनले गाडी धनीको ड्राइभिङ अनुभवलाई सहज तरिकाले नियन्त्रण प्रदान गर्न भूमिका खेल्छ।

बीवाईडी एपमार्फत गाडीको रेन्ज र पावर लेभल चेक गर्न, टायर प्रेसर चेक गर्न र गाडीका ढोका तथा झ्याल बन्द भएको वा नभएको वारेमा थाहा पाउन सकिन्छ। त्यसैगरी टाढैबाट गाडीको अवस्थिति पत्ता लगाउन, एसी सञ्चालन गर्न र गाडीको हर्न तथा लाइट नियन्त्रण गर्न सकिन्छ। 

बीवाईडी एटो थ्री नवप्रवर्तनको पहिचान मात्र नभई दिगो यातायात समाधान समेत हो। बीवाईडीको ई-प्लेटफर्म ३.० मा बनेको र सुरक्षित ब्लेड ब्याट्रीद्वारा सञ्चालित बीवाईडी एटो थ्री मा इको-फ्रेन्ड्ली डिजाइन सहितको पावरफुल पर्फमेन्सको सम्मीश्रण छ।

यसको डिआईलिंक सिस्टममा उपलब्ध गराइएको नयाँ फिचर ‘क्याम्पिङ मोड’ ले गाडीलाई थप भर्सटाइल बनाउन भूमिका खेलेको छ र यसका कारण एड्भेन्चर तथा आउटडोरमा रमाउन चाहनेहरुका लागि रुचिकर बनेको छ।

काठमाडौंको दरवारमार्गमा आयोजित लन्च इभेन्टमा पूर्व बैंकर तथा पब्लिक स्पिकर अनिल केशरी शाह र प्रसिद्ध गायक वाङदेन फिन्सो शेर्पा तथा वरिष्ठ हास्य कलाकार एवम् बीवाईडी नेपालका ब्रान्ड एम्बेसडर हरिबंश आचार्यलगायतका प्रसिद्ध व्यक्तित्वहरुको सहभागिता रहेको थियो।

सो अवसरमा २०२४ भर्सनको बीवाईडी एटो थ्रीको पहिलो ग्राहकलाई आचार्यले गाडी उपलब्ध गराएका थिए भने अन्य अतिथिहरुले समेत नयाँ बीवाईडी एटो थ्री का ग्राहकलाई चाबी हस्तान्तरण गरेका थिए। 

बीवाईडी एटो थ्री २०२४ भर्सन एड्भान्स्ड र सुपेरियर गरी दुई भेरिएन्टमा उपलब्ध रहेको छ। एड्भान्स्डमा ४९.९२  किलोवाट आवरको ब्याट्री प्याक रहेको छ र यसको मूल्य ५६ लाख ९० हजार रुपैयाँ तोकिएको छ।

त्यसैगरी सुपेरियरमा ६०.४८  किलोवाट आवरको ब्याट्री प्याक रहेको छ र यसको मूल्य ६७ लाख ८० हजार रुपैयाँ तोकिएको छ। दुवैमा १०० किलोवाटको मोटर रहेको छ। बीवाईडी एटो थ्री को २०२४ भर्सन कसमस ब्ल्याक, स्कि ह्वाइट, बुल्डर ग्रे र सर्फ ब्लु गरी विभिन्न चार कलर अप्सनमा उपलब्ध छ। 

नवप्रवर्तन र दिगो वातावरणमैत्री यातायात समाधानका साथ साइमेक्स इंकले नेपालको विद्युतीय सवारी क्रान्तिमा लगातार नेतृत्व प्रदान गरिरहेको छ। बीवाईडी एटो थ्री २०२४ भर्सनले इलेक्ट्रिक भेहिकल टेक्नोलोजी र डिजाइनको शिखरलाई प्रतिनिधित्व गरेको छ, जसले स्पोर्टी इलेक्ट्रिक एसयूभी कस्तो हुन्छ भनेर नयाँ मापदण्डसमेत स्थापित गरेको कम्पनीको भनाइ छ।


प्रकाशित : आइतबार, भदौ ९ २०८११३:२२

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2024 All right reserved to biznessnews.com  | Site By : SobizTrend