बिहीबार , चैत २८ गते २०८१    
बिहीबार , चैत २८ २०८१
images
images

नवलपुरमा एक वर्षमा थपिए २०६ उद्योग

images
शनिबार, भदौ ८ २०८१
images
images
नवलपुरमा एक वर्षमा थपिए २०६ उद्योग

गत आवमा उद्योग दर्ता तथा नवीकरणबाट कार्यालयले १९ लाख ८३ हजार रूपैयाँ राजस्व संकलन गरेको छ।

images
images

नवलपुर- आर्थिक वर्ष २०८०/८१ मा नवलपरासी (बर्दघाट-सुस्तापूर्व) मा दुई सय ६ उद्योग थपिएका छन्। जिल्लामा पाँच सय ६८ उद्योगको नवीकरण गरिएको छ। 

images
images

पर्यटन तथा उद्योग कार्यालय नवलपुर, नवलपरासी (बर्दघाट-सुस्तापूर्व)का कार्यालय प्रमुख प्रभाकर घिमिरेले नवलपुरमा वन तथा पर्यटन उद्योगसँग सम्बन्धित उद्योग थपिने क्रम बढ्दो रहेको बताए। सोही आवमा जिल्लामा एक सय ४८ उद्योगले लगत कट्टा गरेका थिए। हाल जिल्लामा ६ हजार ६ सय ९१ उद्योग कायम रहेका उनले जानकारी दिए।

images
images

गत आवमा उद्योग दर्ता तथा नवीकरणबाट कार्यालयले १९ लाख ८३ हजार रूपैयाँ राजस्व संकलन गरेको प्रमुख घिमिरेले बताए। यसैगरी, आव २०८०/८१ मा जिल्लामा वाणिज्यतर्फ दुई सय ९८ व्यवसाय दर्ता भएका छन्।

images
images

सो अवधिमा आठ सय ९९ व्यवसायीले व्यवसाय नवीकरण गर्दा दुई सय ६ व्यवसायको लगत कट्टा गरिएको छ। जिल्लामा गत आवसम्म आठ हजार पाँच सय सात व्यवसाय कायम रहेको उनले बताए। 

जिल्लामा वाणिज्यसम्बन्धी दर्ता र नवीकरणबाट २४ लाख ३२ हजार राजस्व संकलन गरिएको प्रमुख घिमिरेले बताए।

हाल १५ हजार एक सय ९८ उद्योग तथा वाणिज्य व्यवसाय सञ्चालन छन्।

गत आवमा उद्योग तथा वाणिज्य व्यवसायसम्बन्धी दर्ता तथा नवीकरणको कामबाट ४४ लाख १६ हजार रूपैयाँ राजस्व संकलन गरेको कार्यालयले जनाएको छ। रासस


प्रकाशित : शनिबार, भदौ ८ २०८११६:२३

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2025 All right reserved to biznessnews.com  | Site By : SobizTrend