शुक्रबार, वैशाख २६ गते २०८२    
शुक्रबार, वैशाख २६ २०८२
images
images

खोलाले बगाउँदा अरुण तेस्रोका मजदुर बेपत्ता

images
शनिबार, भदौ ८ २०८१
images
खोलाले बगाउँदा अरुण तेस्रोका मजदुर बेपत्ता

आयोजनाबाट नेपालले एकसय ९७ मेगावाट बिजुली नि:शुल्क पाउनुका साथै रोयल्टी र अन्य करबापत अर्बौँ रूपैयाँ पाउनेछ।

images
images

किमाथांका- सङ्खुवासभामा निर्माणाधीन नौ सय मेगावाटको अरुण तेस्रो जलविद्युत् परियोजनाका मजदुरलाई खोलाले बगाउँदा बेपत्ता भएका छन्।

images
images
images

अरुण तेस्रोको विद्युत् गृहस्थल चिचिला गाउँपालिका-३ पुखुवामा कार्यरत मजदुर खाँदबारी नगरपालिका-४ सेकाहाका अन्दाजी ४५ वर्षीय गंगाबहादुर गुरुङ बेपत्ता भएका छन्। शनिबार बिहान साढे ७ बजे गुरुङलाई कागुवा खोला तर्ने क्रममा बगाउँदा बेपत्ता भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक अभिशेककुमार श्रेष्ठले जानकारी दिए।

images
images

अरुण तेस्रोको विद्युत् गृहस्थल पुखुवादेखि बिदामा घर फर्किँदै गरेका गुरुङ खोला तर्ने क्रममा कागुवा बगाउँदा बेपत्ता भएका हुन्। बेपत्ता भएका गुरुङको नेपाल प्रहरी, शसस्त्र प्रहरी र स्थानीयले खोजी कार्य गरिरहेको प्रहरी निरीक्षक श्रेष्ठले बताए।

images
images

अरुण तेस्रो विद्युत् आयोजनामा नेपाली र भारतियसहित तीन हजारभन्दा बढी मजदुर कार्यरत छन्।

अरुण तेस्रो विद्युत् आयोजनाको काम भारतीय कम्पनी सतलज एसजेभिएनले गरिरहेको छ। आयोजनाबाट नेपालले २१ दशमलव नौ प्रतिशत अर्थात् एक सय ९७ मेगावाट बिजुली नि:शुल्क पाउनुका साथै रोयल्टी र अन्य कर गरी अर्बौँ रूपैयाँ पाउनेछ।

आयोजना बनाउन एक खर्ब १५ अर्ब रूपैयाँ लाग्ने अनुमान गरिएको छ। रासस


प्रकाशित : शनिबार, भदौ ८ २०८११३:२६

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2025 All right reserved to biznessnews.com  | Site By : SobizTrend