शुक्रबार, चैत २९ गते २०८१    
शुक्रबार, चैत २९ २०८१
images
images

मौरी जोनले चितवनका कृषक उत्साहित

images
शनिबार, भदौ ८ २०८१
images
images
मौरी जोनले चितवनका कृषक उत्साहित
फाइल तस्बिर

जोन कार्यक्रममार्फत किसानलाई मौरीको घार, मह काढ्ने मेसिन, मैन बाक्सालगायतका सामग्री प्रदान हुँदा किसानलाई ऊर्जा थप्ने काम भएको छ।

images
images

चितवन- प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना कार्यान्वयन इकाइ भरतपुरले चितवनलाई मौरी जोनका रुपमा विकास गरेसँगै यहाँका मौरीपालक किसान थप उत्साहित भएका छन्। जोन कार्यक्रममार्फत किसानलाई मौरीको घार, मह काढ्ने मेसिन, मैन बाक्सालगायतका सामग्री प्रदान हुँदा किसानलाई ऊर्जा थप्ने काम भएको छ।

images
images

खैरहनी नगरपालिका-४ की सरस्वती गिरी विगत पाँच वर्षदेखि मौरीपालन पेसामा छन्। उनले ५० वटा घारबाट मौरीपालन सुरु गरेकी थिइन्। 'व्यवसायकै क्रममा चरनमा लैजाने क्रममा मौरीलाई विष प्रयोग गरी मारियो, कुनै समय ९० वटा घार बनाएकी थिएँ तर अहिले २५ वटामा सीमित छ। घार अझै थप गर्ने योजनामा छु', उनले भनिन्। उनले मौरी जोन कार्यक्रमले आफूहरुमा उत्साह थपेको बताइन्।

images
images

भरतपुर महानगरपालिका-११ का दामोदर देवकोटा विगत १२ वर्षदेखि मौरीपालन व्यवसाय गर्दै आएका छन्। उनी मौरी जोनमा जोडिएपछि थप उत्साह मिलेको बताउँछन्। उनले भने, 'पहिला एक सय घार मौरी थिए। अहिले यो बढाएर एक सय ३५ घार पुर्‍याएको छु।' मौरी जोनमा जोडिएका कृषकलाई हरेक वर्ष कुनै न कुनै कार्यक्रम जोड्ने हुँदा आफूहरुमा उत्साह थपिएको देवकोटाले बताए।

images
images

स्थानीयस्तरमा उत्पादित महको मूल्य र भारतबाट आयातित महको मूल्यमा अन्तर रहेकाले बजारीकरणमा केही समस्या देखिए पनि प्राविधिक विषयमा जोन कार्यक्रमको सहयोगले सहज भएको उनको भनाइ छ। बजारमा यहाँको उत्पादन उधारोमा पठाउनुपर्ने बाध्यता रहेको देवकोटाले बताए।

जोन कार्यक्रममा जिल्लाका एक सय २७ जना कृषक सहभागी छन्। जिल्लामा आर्थिक वर्ष २०७५/७६ वटा मौरी जोनको कार्यक्रम सुरु भएको हो। कार्यालयका सूचना अधिकारी इन्द्र शर्मा ढुंगानाले भरतपुर महानगरपालिका, रत्ननगर नगरपालिका, खैरहनी नगरपालिका, कालिका नगरपालिका र राप्ती नगरपालिकाका किसान यो कार्यक्रममा जोडिएको बताए।

ढुङ्गानाका अनुसार जोन कार्यक्रमको सुरुवाती समयमा जिल्लामा छ हजार तीन सय ५० मौरीका घार रहेकामा अहिले यो सङ्ख्या बढेर ११ हजार नौ सय पुगेको छ। जिल्लाबाट वार्षिक चार सय ४७ मेट्रिकटन मह बाहिर पठाउने गरिएको उनले बताए। महको राष्ट्रिय प्रतिघार उत्पादन १६ दशमलव २६ किलो भए पनि जिल्लामा भने उत्पादन बढी हुने गरेको ढुंगानाले जानकारी दिए। उनका अनुसार जिल्लामा प्रतिघार २५ दशमलव ६ किलो मह उत्पादन हुँदै आएको छ।

उनले भने, 'जोन कार्यक्रममा जोडिएका किसानलाई हामीले सहयोग गर्दै आएका छौँ। उनीहरुमा उत्साह बढेको छ।' यहाँ उत्पादित महको मुख्य बजार चितवनसहित बुटवल, काठमाडौँ र पोखरालगायत सहर रहेका छन्।

यहाँ मेरीफेरा र सेरेना जातको मौरी पालन भइरहेको छ। जोनबाट वार्षिक तीन सय चार दशमलव ६४ मेट्रिकटन मह उत्पादन हुँदै आएको ढुंगानाले जानकारी दिए। रासस


प्रकाशित : शनिबार, भदौ ८ २०८१११:२०

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2025 All right reserved to biznessnews.com  | Site By : SobizTrend