शुक्रबार, वैशाख २६ गते २०८२    
शुक्रबार, वैशाख २६ २०८२
images
images

ज्यानू-बसन्तराज मिश्र फाउण्डेशनको ९ लाख राशिको पुरस्कार भदौ १३ गते वितरण हुने

images
शुक्रबार, भदौ ७ २०८१
images
ज्यानू-बसन्तराज मिश्र फाउण्डेशनको ९ लाख राशिको पुरस्कार भदौ १३ गते वितरण हुने

फाउण्डेशनले समाजका विभिन्न क्षेत्रमा सकारात्मक योगदान दिने व्यक्ति तथा संस्थाहरुलाई प्रत्येक वर्ष तीन क्षेत्रमा पुरस्कार प्रदान गर्ने निर्णय गरेको हो।

images
images

काठमाडौं- ज्यानू-बसन्तराज मिश्र फाउण्डेशन ९ लाख राशिको तीन विधाको पुरस्कार भदौ १३ गते वितरण हुने भएको छ। प्रत्येक विधामा तीन/तीन लाख रुपैयाँ पुरस्कार रहेको छ।

images
images
images

फाउण्डेशनले हरेक वर्ष लोकराज मिश्र वातावरण संरक्षण पुरस्कारअन्तर्गत तीन लाख रुपैयाँ, दुर्गादेवी मिश्र शिक्षा पुरस्कारअन्तर्गत तीन लाख रुपैयाँ तथा ज्यानू-बसन्तराज मिश्र पत्रकारिता पुरस्कारअन्तर्गत तीन लाख रुपैयाँ अर्पण गर्ने निर्णय गरेको हो।

images
images

फाउण्डेसनले पत्रकार सम्मेलन गर्दै अवार्ड सार्वजनिक गरेको हो। अवार्ड पाउनको नाम भने साउन १३ गते नै सार्वजनिक हुने छ।

images
images

फाउण्डेसनमा संस्थापक अध्यक्ष बसन्त मिश्र नेपालको पर्यटन क्षेत्रमा चार दशक बढी सक्रिय रहेका छन्। पर्यटन व्यवसायी मिश्रले सञ्चालन गरेका टेम्पल टाइगर ग्रुप अफ कम्पनीले कर्पोरेट सामाजिक दायित्वअन्तर्गत सामाजिक सेवा गर्दै आएकोमा देश र समाजको विकासमा थप उद्देश्यमूलक हस्तक्षेप गर्ने ठोस अवधारणा सहित अवार्ड गर्न लागेको हो।

फाउण्डेशनले समाजका विभिन्न क्षेत्रमा सकारात्मक योगदान दिने व्यक्ति तथा संस्थाहरुलाई प्रत्येक वर्ष तीन क्षेत्रमा पुरस्कार प्रदान गर्ने निर्णय गरेको हो।

फाउण्डेशनले यो वर्षको पुरस्कार यही भदौ १३ गते (अगष्ट २९, २०२४) माननीय उपप्रधानमन्त्री तथा सहरी विकासमन्त्री प्रकाशमान सिंहको प्रमुख आतिथ्यमा सम्पन्न हुने एक कार्यक्रमबीच प्रदान गर्ने निर्णय गरेको छ।

ज्यानू-बसन्तराज मिश्र फाउण्डेशन एक गैर-सरकारी, गैर-राजनीतिक र गैर नाफामूलक, सामाजिक संस्था हो। २०७८ मंसिर २४ गते स्थापना भएको फाउण्डेशनको कार्यालय ललितपुर जिल्लामा रहेको छ। फाउण्डेशनको संस्थापकहरूमा बसन्तराज मिश्र र ज्यानू मिश्र रहेका छन्। यस फाउण्डेशनको संस्थापक अध्यक्ष बसन्तराज मिश्र छन् भने पूर्वप्रधानन्यायाधीश कल्याण श्रेष्ठ विशेष सल्लाहकार रहेका छन्।

संस्थाका ट्रस्टीजमा मनदेवी भण्डारी, क्याप्टेन रामेश्वर थापा, आर्टिटेक्ट अरुण पन्त, पत्रकार प्रतीक प्रधान, डा. मधु आचार्य, पियुष मिश्र, ब्रजेश मिश्र तथा रिता जे. प्रधान रहेका छन्। संस्थाको सचिव राजेन्द्र कुमार महर्जन रहेका छन्।

यस फाउण्डेशनले सामाजिक कार्य, पर्यावरण, शिक्षा, कलासाहित्य, पत्रकारिता तथा अन्य क्षेत्रमा अनुसन्धान र विकास कार्य गर्ने र त्यस क्षेत्रमा कार्यरत व्यक्ति तथा संस्थाहरूलाई सहयोग गर्ने उद्देश्य लिएको छ। 

संस्थाका उद्देश्य तथा लक्ष्यमा नवीनतम विषयमा खोज तथा अनुसन्धान गर्न चाहने व्यक्तिहरुलाई आवश्यक सहयोग उपलब्ध गराउने रहेको छ। यसैगरी अनुसन्धान तथा विकासको क्षेत्रमा फाउण्डेशनले विभिन्न विश्वविद्यालय तथा विशेषज्ञहरूसँग मिलेर सहकार्य गर्ने विषय पनि उद्देश्य तथा लक्ष्यमा समावेश छ।


प्रकाशित : शुक्रबार, भदौ ७ २०८११७:३५

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2025 All right reserved to biznessnews.com  | Site By : SobizTrend