शुक्रबार, वैशाख २६ गते २०८२    
शुक्रबार, वैशाख २६ २०८२
images
images

संरक्षणको पर्खाइमा ललितपुरको न्हुँ पोखरी

images
बिजनेस न्युज
बिजनेस न्युज
शुक्रबार, भदौ ७ २०८१
images
संरक्षणको पर्खाइमा ललितपुरको न्हुँ पोखरी

'ऐतिहासिक पोखरी संरक्षणका लागि वडाका तर्फबाट पहल भइरहेको छ। संरक्षणका कामलाई तीव्रता दिनुपर्ने हो, तर प्राविधिक कारणले ढिलाइ भएको छ।'

images
images

ललितपुर- ललितपुर महानगरपालिका-५ लगनखेलस्थित न्हुँ पोखरीको उचित संरक्षण हुन सकेको छैन। महानगरपालिकाले ऐतिहासिक सम्पदाको पुनःनिर्माण तथा संरक्षणको पहल गरेपनि यहाँका कतिपय सम्पदा अझै व्यवस्थित हुन सकेका छैनन्।

images
images
images

विसं २०७४ को स्थानीय तह निर्वाचनपछि ललितपुर महानगरपालिका-५ का जनप्रतिनिधिको पहलमा न्हुँ पोखरी सरसफाइ गरिएको थियो। २०७६ सालमा सो पोखरी संरक्षणका लागि गुरुयोजना तयार गरेर काम सुरु गरिएपनि बजेट अभावका कारण हालसम्म सम्पन्न हुन सकेको छैन।

images
images

ललितपुर महानगरपालिका-५ का वडा अध्यक्ष विकासमान श्रेष्ठले न्हुँ पोखरी संरक्षणको काम थालिएको बताए। उनले भने, 'ऐतिहासिक पोखरी संरक्षणका लागि वडाका तर्फबाट पहल भइरहेको छ। संरक्षणका कामलाई तीव्रता दिनुपर्ने हो, तर प्राविधिक कारणले ढिलाइ भएको छ।'

images
images

मल्लकालीन समयको न्हुँ पोखरी संरक्षण भएमा लगनखेलको सुन्दरता अझ बढ्ने लगनखेलका स्थानीय राजभाई देउला बताउँछन्। उनी भन्छन्, 'हामी बाल्यकालमा न्हुँ पोखरी छेउमा खेल्ने गथ्र्यौँ। धेरै वर्षसम्म पोखरी सुक्खा थियो। स्थानीयको पहलमा अहिले पानी भरिएपनि संरक्षण हुन सकेको छैन। महानगरले छिटो पोखरी संरक्षण गर्नेतर्फ ध्यान दिनुपर्छ।'

हाल सो पोखरीमा फोहर पानी छ। परिसरमा घाँस उम्रेको छ। पोखरीलाई तारबार गरेर राखिएको छ। रासस


प्रकाशित : शुक्रबार, भदौ ७ २०८११४:५१
प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2025 All right reserved to biznessnews.com  | Site By : SobizTrend