शुक्रबार, वैशाख २६ गते २०८२    
शुक्रबार, वैशाख २६ २०८२
images
images

पूर्वीनाकाबाट ई-रिक्सा आयातमा वृद्धि

images
बिजनेस न्युज
बिजनेस न्युज
शुक्रबार, भदौ ७ २०८१
images
पूर्वीनाकाबाट ई-रिक्सा आयातमा वृद्धि

आर्थिक वर्ष २०८०/८१ मा ४१ करोड २० लाख ३९ हजार ९ सय ५९ रुपैयाँ मूल्य बराबरको ४ हजार ६ सय ४५  ई-रिक्सा पूर्वीनाकाबाट भित्रिएको छ।

images
images

झापा- पूर्वीनाका काँकडभिट्टाबाट विद्युतीय रिक्सा (ई-रिक्सा)को आयात बर्सेनि बढिरहँदा परम्परागत पाइडल रिक्सा हराउँदै गएका छन्। गएको पाँच वर्षमा ८९ करोड ४३ लाख ३६ हजार १ सय ६१ रुपैयाँबराबरको १० हजार १ सय ६४ वटा ई-रिक्सा आयात भएको मेची भन्सार कार्यालय काँकडभिट्टाका सूचना अधिकारी गणपति कँडेलले बताए।

images
images
images

कँडेलका अनुसार आर्थिक वर्ष २०८०/८१ मा ४१ करोड २० लाख ३९ हजार ९ सय ५९ रुपैयाँ मूल्य बराबरको ४ हजार ६ सय ४५  ई-रिक्सा पूर्वीनाकाबाट भित्रिएको छ। यसअघिको आव २०७९/ ८० को तुलनामा उक्त आयात दोबरभन्दा बढी हो।

images
images

आव २०७९/८० मा १६ करोड ७१ लाख १९ हजार २ सय १३ मूल्य बराबरको १ हजार ८ सय ५९ ई-रिक्सा आयात भएको थियो। ई-रिक्साको आयात महसुलबापत मेची भन्सार कार्यालयले बिगत पाँच वर्षमा ३१ करोड ३७ लाख ३२९ राजस्व असुली गरेको भन्सारले जनाएको छ।

images
images

आव २०७६/७७ मा यही नाकाबाट आठ करोड ८१ लाख ५१ हजार ८४० मूल्य बराबरको एक हजार ३२ वटा ई-रिक्सा आयात भएको थियो भने आव २०७७/७८ मा आठ करोड ७२ लाख सात हजार ९९९ मूल्य बराबरको एक हजार ११५  आयात भएको थियो। तथ्यांकले ई-रिक्साको आयात वर्षेनी निरन्तर बढेको देखाउँछ।

आव २०७८/ ७९ मा १३ करोड ९८ लाख १७ हजार १५० मूल्य बराबरको एक हजार ५१३ वटा ई-रिक्सा काँकडभिट्टास्थित भन्सार भएर आयात भएको थियो।

विगत पाँच वर्षयता झापाको सहर बजारमा विद्युतीय रिक्साले छोटो दूरीको सवारीमा एकछत्र सेवा पुर्‍याउँदै आएको छ। विद्युतीय रिक्सा भित्रिएपछि परम्परागत पाइडल रिक्सा लोप भइसकेका छन्। विद्युतीय रिक्सा व्याट्रीबाट चल्ने हुँदा यसलाई घरमै रिचार्ज गरेर चलाउन सकिन्छ भने चालकलाई यसले थप सुविधाजनक तुल्याएको छ।

बिगतमा परम्परागत रिक्सा चलाउनेहरुले अहिले ई-रिक्सा खरिद गरेर गुजारा चलाउन थालिसकेका छन्। यसैबीच, पूर्वीनाका काँकडभिट्टा हुँदै बिगत पाँच वर्षमा दुई करोड ४० लाख १३ हजार २४७ मूल्य बराबरको १४५ वटा तीन पांग्रे स्कुटर भन्सार महसुल छुटमा आयात भएको छ।

मेची भन्सार कार्यालयबाट प्राप्त तथ्यांकअनुसार फरक क्षमता भएका शारीरिक अशक्त व्यक्तिहरुले प्रयोग गर्ने तीन पांग्रे स्कुटर भन्सार छुटमा आयात गर्दा प्रज्ञापन पत्र वापत पाँच सय र मूल्य अभिवृद्धि करवापत ६५ मात्र महसुल बुझाउनु पर्दछ। रासस


प्रकाशित : शुक्रबार, भदौ ७ २०८११४:३५
प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2025 All right reserved to biznessnews.com  | Site By : SobizTrend