सोमबार, मंसिर १० गते २०८१    
images
images

भारतीय नम्बर प्लेटको बस मर्स्याङ्दी नदीमा खस्यो, १४ यात्रुको मृत्यु, १६ को उद्धार

images
बिजनेस न्युज
बिजनेस न्युज
शुक्रबार, भदौ ७ २०८१
images
images
भारतीय नम्बर प्लेटको बस मर्स्याङ्दी नदीमा खस्यो, १४ यात्रुको मृत्यु, १६ को उद्धार

यात्रुको उद्धारका लागि १० जनाको गोताखोर टोली घट्नास्थलमा परिचालन गरिनुका साथै घाइतेलाई अस्पताल लैजाने कार्य जारी रहेको सशस्त्र प्रहरीका सहप्रवक्ता एवं प्रहरी नायव उपरीक्षक शैलेन्द्र थापाले जानकारी दिए।

images
images

तनहुँ- पृथ्वीराजमार्गमा पर्ने तनहुँको आँबुखैरेनी ऐना पहरामा भारतीय नम्बर प्लेटको बस मस्याङ्दी नदीमा बस खसेको छ। आँबुखैरेनी गाउँपालिका-२ स्थित ऐना पहराबाट यात्रुबाहक बस अघि मर्स्याङ्दी नदीमा खसेको हो।

images
images
images

प्रहरीका अनुसार दुर्घटनामा परी १४ जनाको मृत्यु भएको छ। दुर्घटनामा परेका १६ यात्रुको उद्धार गरिएको छ।  

images

पोखराबाट काठमाडौंतर्फ जाँदै गरेको युपी ५३ एफटी ७६२३ नम्बरको बस नदीमा खसेको तनहुँका प्रहरी नायव उपरीक्षक दीपककुमार रायले जानकारी दिए। उनका अनुसार बसमा भारतीय पर्यटक रहेका थिए। 

images

अहिले सशस्त्र प्रहरी बलको गोताखोर टोलीले घटनास्थलमा यात्रुको उद्धार गरिरहेको छ। यात्रुको उद्धारका लागि १० जनाको गोताखोर टोली घट्नास्थलमा परिचालन गरिनुका साथै घाइतेलाई अस्पताल लैजाने कार्य जारी रहेको सशस्त्र प्रहरीका सहप्रवक्ता एवं प्रहरी नायव उपरीक्षक शैलेन्द्र थापाले जानकारी दिए।

अप्ठ्यारो भीर भएका कारण घाइतेको उद्धारमा कठिनाइ भइरहेको उनले बताए। उद्धार कार्यमा नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरी बल खटिएको छ। बसमा झण्डै ४० भारतीय यात्रु सवार रहेको बताइएको छ। रासस


प्रकाशित : शुक्रबार, भदौ ७ २०८११४:२५
प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2024 All right reserved to biznessnews.com  | Site By : SobizTrend