शुक्रबार, वैशाख २६ गते २०८२    
शुक्रबार, वैशाख २६ २०८२
images
images

१९ वर्षकी छेकी शेर्पा : पहाडको भिरालो कच्ची सडकमा चलाउँछिन् गाडी [भिडियोसहित]

images
बिजनेस न्युज
बिजनेस न्युज
शुक्रबार, भदौ ७ २०८१
images
१९ वर्षकी छेकी शेर्पा : पहाडको भिरालो कच्ची सडकमा चलाउँछिन् गाडी [भिडियोसहित]

उनको बुवा पहिलेदेखि सवारी चालकको काम गर्थे। बुवाकै सहयोगमा चालक बनेको उनी बताउँछिन्। सुरुमा बुवाले नजिकैको दुरीमा गाडी चलाउन सिकाएपछि उनले विस्तारै राम्रोसँग चलाउन थालिन्।

images
images

इलाम- छेकी शेर्पा १९ वर्षकी भइन्। उनी इलामको कच्ची सडकमा सवारी चलाउँछिन्। साहस र आँटिलो स्वभावकी छेकीले डेढ वर्षयता निरन्तर बोलेरो जिपमा यात्रु बोक्ने काम गर्दै आएकी छिन्। 

images
images
images

त्यसो त सवारी चलाउने महिला नभएका हैनन् तर पहाडी जिल्लाको कच्ची बाटोमा सार्वजनिक यातायातको साधन चलाउने महिलाको सङ्ख्या नगण्य छ। यात्रुसहितको सवारी चलाउने उनी इलाम जिल्लाको मात्र नभइ पूर्वी पहाडीकै एकमात्र किशोरी हुन्। 

images
images

पहाडको कच्ची सडकमा खोलानाला र भिरालो सडकमा गाडी चलाउन जो कोहीले हिम्मत गर्दैनन्। घरपरिवारले गाडी खरिद गरिदिएपछि उनले गाडी चलाउन थालेकी हुन्। बोलेरो डबल क्यापको जिपमा यात्रु र भारीसहित उनी बिहान इलाम सन्दकपुरको जमुनास्थित सिस्नेबाट इलाम सदरमुकाम जान्छिन्। दिउँसो सदरमुकाम तथा बिब्ल्याँटेबाट जमुना फिर्ने गर्छिन्। 

images
images

उनको बुवा पहिलेदेखि सवारी चालकको काम गर्थे। बुवाकै सहयोगमा चालक बनेको उनी बताउँछिन्। सुरुमा बुवाले नजिकैको दुरीमा गाडी चलाउन सिकाएपछि उनले विस्तारै राम्रोसँग चलाउन थालिन्। छोरीले राम्रोसँग गाडी चलाउन जानेपछि छोरीलाई चलाउन दिएको फुर्वा शेर्पाले बताए। 

'मलाई बुवाले नै गाडी चलाउन सहयोग गर्नुभएको छ। परिवारको साथ पाएरै म राम्रोसँग गाडी चलाउन सक्ने र यही पेसा गर्नसक्ने भएकी छु', उनले भनिन्। छेकीले गाडी चलाउँदा केही यात्रुहरूले सुरुमा विश्वास गर्दैनथे। उनले चलाएको गाडीमा चढ्नै मान्दैनथे। तर, हिजोआज यात्रुहरूले छेकीमाथि यति विश्वास गर्न थाले कि उनले चलाएको गाडी खोजी खोजी चढ्न थालेका छन्। 

उनले बर्खायाममा पनि खर्च कटाएर मासिक ३० हजार रुपैयाँभन्दा बढी कमाउने गरेकी छिन्। बर्खामा हिलो बाटोका कारण गाडी मर्मत धेरै गर्नुपर्ने हुँदा पैसा थोरै बच्ने गरेको छ। हिउँद याममा धेरै आम्दानी हुने गरेको उनको भनाइ छ। सिजनमा मासिक एक लाख रुपैयाँ हाराहारी कमाउने गरेको सो क्षेत्रका सवारी चालकहरू बताउँछन्। 

कक्षा १२ सम्म अध्ययन गरेकी उनले पढ्दै गरेको समयमा पनि गाउँमा गाडी कुदाएको स्थानीयको भनाइ छ। उनले गाडी चलाएरै बहिनीलाई डाक्टर बनाउने सपना देखेकी छिन्। 'दाजुभाइ नहुँदा सानैदेखि हामीले छोरा र छोरी दुवैको काम गर्दै आएका छौँ', उनले भनिन्।

रोजगारीको खोजीमा धेरै नेपाली महिला विदेशिने गरेका छन्। तर महिलाले गाउँमै सवारीचालकको काम पनि गर्न सकिने काम रहेछ भनेर उदाहरण दिएकी छिन् छेकीले।

जोखिमपूर्ण सडकमा पनि एकदमै सरल तरिकाले गाडी चलाउने गरेकाले यात्रुहरूले उनको गाडी रोज्ने गरेको बताउँछन्। 'केही पुरुष चालकहरूले मादक पदार्थ सेवन गरेर पनि सवारी चलाएको पाएका छौँ', स्थानीय यात्रु दावा शेर्पाले भने, 'तर उनले त मदिरा सेवन समेत नगर्ने हुँदा हामी ढुक्कले यात्रा गर्छौँ।' रासस


प्रकाशित : शुक्रबार, भदौ ७ २०८११४:०७
प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2025 All right reserved to biznessnews.com  | Site By : SobizTrend