सोमबार, चैत २५ गते २०८१    
सोमबार, चैत २५ २०८१
images
images

भोगाधिकार विवाद समाधान नहुँदा निर्माणाधीन अस्पताल भवन अलपत्र

images
बिजनेस न्युज
बिजनेस न्युज
शुक्रबार, भदौ ७ २०८१
images
images
भोगाधिकार विवाद समाधान नहुँदा निर्माणाधीन अस्पताल भवन अलपत्र

अस्पताल भवन निर्माण अलपत्र परेपछि पालिकाले स्वास्थ्यचौकीको भवनमा नगर अस्पताल सञ्चालन गरेको छ।

images
images

कैलाली- जमिनको भोगाधिकार विवाद समाधान नहुँदा घोडाघोडी नगरपालिकामा निर्माणाधीन १५ शय्याको नगर अस्पताल भवन अलपत्र परेको छ।

images
images

घोडाघोडी नगपालिका प्रमुख खडकबहादुर रावतले जमिन भोगाधिकार नगरपालिकामा कायम गर्न नभएकाले संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयमा पत्राचार गरिएको जानकारी दिँदै सकारात्मक परिणाम आउनेमा आफू विश्वस्त रहेको बताए। 

images
images

जमिनको स्वामित्व यकीन नगरी सरकारले स्थानीय तहको स्वास्थ्य संस्था स्तरोन्नतिका क्रममा १५ शय्याको आधारभूत अस्पताल निर्माण थालनी गरेको थियो।

images
images

तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीले २०७७ साल मङ्सिर १५ गते देशभरका तीन सय ९६ अस्पतालको एकसाथ शिलान्यास गरेका थिए। सोहीअनुरुप घोडाघोडी नगरपालिकाले पनि वडा नं २ साडेपानीमा १५ शय्याको नगर अस्पताल बनाउने निर्णय भएको हो। 

नगर अस्पताल निर्माणको सम्झौता राजेन्द्र निर्माण सेवा प्रालि डडेलधुरासँग गरिएको थियो। कम्पनीले ९ करोड ८६ लाख ५ हजार ५ सय ७० रुपैयाँमा दुई वर्षभित्र भवन निर्माण गर्न २०७८ बैशाख २९ गते सम्झौता गरेको थियो। अस्पताल भवन निर्माण अलपत्र परेपछि पालिकाले स्वास्थ्यचौकीको भवनमा नगर अस्पताल सञ्चालन गरेको छ। रासस


प्रकाशित : शुक्रबार, भदौ ७ २०८१०९:५२
प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2025 All right reserved to biznessnews.com  | Site By : SobizTrend