सोमबार, मंसिर १० गते २०८१    
images
images

अर्थतन्त्रमा सकारात्मक नतिजा देखिन थालेका छन् : प्रधानमन्त्री

images
बिजनेस न्युज
बिजनेस न्युज
बिहीबार , भदौ ६ २०८१
images
images
अर्थतन्त्रमा सकारात्मक नतिजा देखिन थालेका छन् : प्रधानमन्त्री

सरकार गठन भएको एक सय दिनभित्र जनतालाई प्रत्यक्ष लाभ हुने गरी नीतिगत, कानूनी एवं सेवाप्रवाहमा सुधार गर्ने मार्गचित्रसहितको कार्ययोजना कार्यान्वयन प्रारम्भ भइसकेको उनले जानकारी गराए।

images
images

काठमाडौं- प्रधानमन्त्री केपी शर्मा ओलीले वर्तमान सरकार गठनपश्चात छोटो अवधिमै अर्थतन्त्रमा सकारात्मक नतिजा देखिन थालेको बताएका छन्। 

images
images
images

प्रतिनिधिसभाको आजको बैठकमा सांसदसँगको प्रश्नोत्तर कार्यक्रममा जवाफ दिँदै उनले जनतामा विद्यमान निराशा चिर्न र आशाको सञ्चार जगाउन दुई ठूला दल मिलेर सरकार बनेको उल्लेख गर्दै गत वर्षको तुलनामा साउनमा राजस्व परिचालन र पुँजीगतखर्चमा वृद्धि भएको बताए। 

images

'घरजग्गा कारोबार सुधार क्रमशः हुँदै गएको छ। पुँजी बजारमा उल्लेखनीय सुधार आएको छ। अर्थतन्त्रको बाह्य सूचक सुविधाजनक अवस्थामा  छ भने लगानी गर्न निजी क्षेत्रको मनोवल उत्साहित देखिएको मैले पाएको छु', उनले भने।

images

प्रधानमन्त्री ओलीले आर्थिक गतिविधि क्रमशः चलायमान हुन थालेको बताउँदै सरकार गठन भएको एक सय दिनभित्र जनतालाई प्रत्यक्ष लाभ हुने गरी नीतिगत, कानूनी एवं सेवाप्रवाहमा सुधार गर्ने मार्गचित्रसहितको कार्ययोजना कार्यान्वयन प्रारम्भ भइसकेको जानकारी गराए। 

फरक प्रसङ्गमा उनले दमकमा व्यापारिक गतिविधिलाई सहयोग पुर्‍याउने उद्देश्यले दमक बिजनेस कम्प्लेक्स निर्माण गरिएको बताए।

योजनाको नाम दमक भ्यूटावर भए पनि प्रमुख रूपले व्यापारिक तथा पर्यटकीय दृष्टिकोणले मिश्रित हिसाबले उपयोग गर्न सकिने गरी भवनको डिजाइन भएको उनले बताए। टावर सञ्चालन कार्यविधि निर्माण गरी यसलाई छिट्टै सञ्चालनमा ल्याउने सरकारले तयारी गरिरहेको प्रधानमन्त्री ओलीले जानकारी दिए। 


प्रकाशित : बिहीबार , भदौ ६ २०८११९:११
प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2024 All right reserved to biznessnews.com  | Site By : SobizTrend