सोमबार, चैत २५ गते २०८१    
सोमबार, चैत २५ २०८१
images
images

पहिरोले अवरुद्ध ‘गल्छी-रसुवागढी सडक’ आंशिक रुपमा सञ्चालन

images
बिजनेस न्युज
बिजनेस न्युज
बिहीबार , भदौ ६ २०८१
images
images
पहिरोले अवरुद्ध ‘गल्छी-रसुवागढी सडक’ आंशिक रुपमा सञ्चालन

देवीघाटबाट महादेवफाँट हुँदै गल्छी आउजाउ गर्ने सडकमा बुधबार राति गएको पहिराले पूर्णरूपमा बन्द भएको थियो।

images
images
नुवाकोट- सडकमाथिबाट खसेको ठूलो ढुंगासहितको पहिरोले अवरुद्ध अन्तर्राष्ट्रिय राजमार्गअन्तर्गत ‘गल्छी-रसुवागढी सडक’ आंशिक रुपमा पुनःसञ्चालन भएको छ।
 
नुवाकोटको बेलकोटगढी नगरपालिका-८ स्थित ठूलोखोला नजिकैमाथिबाट खसेको ठूलोढुंगासहितको पहिराले सडक पूर्णरुपमा बन्द भएकोमा आज  साँझदेखि एक लेन सञ्चालन भएको जिल्ला ट्राफिक प्रहरी कार्यालय नुवाकोटका प्रमुख जे जङ्ग कार्कीले जानकारी दिए।
 
उनका अनुसार देवीघाटबाट महादेवफाँट हुँदै गल्छी आउजाउ गर्ने सडकमा बुधबार राति गएको पहिराले पूर्णरूपमा बन्द भएको थियो। पहिरासँगै खसेको ठूलोढुंगा हटाउन बाँकी भए पनि भित्ताबाट एक लेन खुला गरेर रोकिएका सवारीसाधन गन्तव्यतर्फ पठाइएको छ।
 
गल्छी-रसुवागढी सडक योजनाको कार्यालयका प्रमुख इञ्जिनियर धुव्रकुमार श्रेष्ठका अनुसार अहिले खुला भएको सडकमा सोही स्थानमा थप पहिरो नगए हुने अपेक्षा गरिएको छ। पहिरासँगै ठूलोढुंगा हटाउन ब्रेकर लगाउनुपर्ने भएकाले ‘डेडिकेटेड डबल लेन’ को सडक पूर्णरुपमा सञ्चालन गराउन बाँकी रहेको छ।
 
'तत्कालको लागि सडक खुलाउन प्राथमिकता दिँदै रोकिएका यातायात सञ्चालनमा ल्याएका छौँ,' योजना प्रमुख श्रेष्ठले भने, 'ठूलो ढुंगालाई ब्रेकर लगाएर हटाउन र पहिरो गएको स्थानमा थप पहिरो खस्न नदिने प्रयास गरिएको छ।' रासस


प्रकाशित : बिहीबार , भदौ ६ २०८११९:०९
प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2025 All right reserved to biznessnews.com  | Site By : SobizTrend