सोमबार, चैत २५ गते २०८१    
सोमबार, चैत २५ २०८१
images
images

स्वास्थ्य बीमाको परिमार्जित सुविधा थैली कार्यान्वयनमा

images
बिहीबार , भदौ ६ २०८१
images
images
स्वास्थ्य बीमाको परिमार्जित सुविधा थैली कार्यान्वयनमा

बोर्डले विज्ञहरुको सुझावअनुसार र बजारको अवस्थालाई हेरेर सुविधा थैलीको सेवासुविधाको नयाँ दररेट कायम गरेको छ।

images
images

काठमाडौं- स्वास्थ्य बीमा बोर्डले स्वास्थ्य बीमा कार्यक्रमअन्तर्गत उपलब्ध गराइने सुविधा थैलीअन्तर्गतका सेवाको परिमार्जित विवरण र दर कार्यान्वयन गरेको छ।

images
images

स्वास्थ्य बीमा कार्यक्रमअन्तर्गत उपलब्ध गराइने सुविधा थैलीअन्तर्गतका सेवासुविधा लागु गरिएको बोर्डका जनस्वास्थ्य अधिकृत विकेश मल्लले जानकारी दिए। बोर्डले परिमार्जन गरिएको सुविधा थैली गत साउन १ गतेदेखि लागु गर्ने भने पनि तयारी नपुगेको कारणले भदौदेखि लागु गरिएको हो।

images
images

बोर्डले विज्ञहरुको सुझावअनुसार र बजारको अवस्थालाई हेरेर सुविधा थैलीको सेवासुविधाको नयाँ दररेट कायम गरेको छ। नयाँ सुविधा थैलीमा स्वास्थ्य बीमाअन्तर्गत एक हजार दुई सय ९० प्रकारका औषधि छन्। अस्पताल टिकट ५० रूपैयाँ तोकिएको छ। शय्याको प्रतिदिन दुईसय ५० रूपैयाँ राखिएको छ। यसअघि साधारण शय्याको दुईसय रूपैयाँ थियो।

images
images

स्वास्थ्य बीमा कार्यक्रममाअन्तर्गत पाँचजना परिवारसम्मका लागि तीन हजार पाँचसय रूपैयाँ बराबरको योगदानका आधारमा एक लाख रूपैयाँसम्मको स्वास्थ्य सेवासुविधा उपलब्ध गराइन्छ।

यस्तै, थप प्रतिसदस्य सातसय रूपैयाँका दरले योगदान रकम थपिँदै जाने र प्रतिसदस्य २० हजार रूपैयाँ बराबरको सेवासुविधा थपिने प्रावधान छ। स्वास्थ्य बीमा कार्यक्रमको अधिकतम सेवा सुविधाको सीमा दुई लाख रूपैयाँसम्म तोकिएको छ।

बीमा कार्यक्रममा कुल बीमित परिवार सङ्ख्या २३ लाख ९२ हजार ६ सय ७६ जना र कुल बीमित जनसङ्ख्या ७७ लाख ४१ हजार चारसय ८३ जना रहेको छ। रासस


प्रकाशित : बिहीबार , भदौ ६ २०८११७:४७

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2025 All right reserved to biznessnews.com  | Site By : SobizTrend