बिहीबार , चैत २१ गते २०८१    
बिहीबार , चैत २१ २०८१
images
images

बढ्यो ट्याक्सी भाडा, सुरुमा ६० रूपैयाँ, प्रति २ सय मिटरको ९.८० रूपैयाँ 

images
शुक्रबार, पुस २३ २०७८
images
images
बढ्यो ट्याक्सी भाडा, सुरुमा ६० रूपैयाँ, प्रति २ सय मिटरको ९.८० रूपैयाँ 

माघ १ देखि काठमाडौं उपत्यकामा चल्ने ट्याक्सीले पहिलो १ किलोमिटरसम्मको भाडा ६० रुपैयाँ लिन पाउने छन्।

images
images

काठमाडौं- बागमती प्रदेश सरकारले मिटर ट्याक्सीको भाडा बढाएको छ। पुस २० गते प्रदेश मन्त्रिस्तरीय निर्णयबाट माघ १ देखि लागु हुने गरि भाडा बढाइएको भौतिक पूर्वाधार विकास मन्त्रालय बागमती प्रदेशले जनाएको छ। 

images
images

माघ १ देखि काठमाडौं उपत्यकामा चल्ने ट्याक्सीले पहिलो १ किलोमिटरसम्मको भाडा ६० रूपैयाँ लिन पाउने छन्। त्यसैपगरि पहिलो १ किलोमिटर पश्चात प्रति २ सय मिटरको भाडा ९ रूपैयाँ ८० पैसा उठ्ने छ। 

images
images

यसअघि प्रति सुरुमा १४ रूपैयाँ उठ्ने र प्रति २ सय मिटरमा ७ रूपैयाँ ८० पैसा लाग्ने व्यवस्था थियो। यस हिसाबले पहिलो प्रतिकिलोमिटर ट्याक्सी भाडा ३९ रूपैयाँ पर्नेमा अब भने ४९ रूपैयाँ पर्ने छ। 

images
images

बागमती प्रदेश सरकारले बढाएको ट्याक्सी भाडाप्रति ट्याक्सी व्यवसायीहरूले भने असन्तुष्टि जनाएका छन्। सरकारले बसको भन्दा निक्कै पछि समायोजन गरेको ट्याक्सी भाडा एक एक पक्षीय ढंगमा बढाएको ट्याक्सी तर्फबाट नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघका केन्द्रीय सदस्य अर्जुन गौतमले बताए। ‘प्रदेश सरकारले बसको भन्दा निक्कै पछि ट्याक्सीको भाडा समायोजन त गर्‍यो। तर व्यवसायीसँग छलफल नै नगरि मनोमानि रुपमा बढायो,’ उनले भने, ‘हामीले नै लगानी गरेर सञ्चालन गरिरहेको सार्वजनिक सवारी ट्याक्सीको भाडा बढेको बारे हामी जानकार छैनौं।’  

बागमती प्रदेश मन्त्रालयले अवैज्ञानिक रुपमा भाडा बढाएको उनको जिकिर छ। ‘कर कति बढ्यो, अन्य पार्टपुर्जाको मूल्य बढेको बारे सरकार नै बेखबर त छैन। तर भाडा समायोजन गर्दा त्यता तर्फ कनि ध्यान दिएन?’ उनले प्रश्न गरे।  

ट्याक्सी व्यवसायीले पूर्णरुपमा मिटरको पालन गर्दै मिटरमा हिड्नु पर्ने, सवाग्राहीलाई ट्याक्सी प्रयोग गर्ने वित्तिकै सवारीसाधनको नम्बर, चालकको सम्पर्क नम्बर सहितको विवरण भएको अंग्रेजी र नेपाली माध्यमको भाषा भएको भिजिटिङ कार्ड उपलब्ध गराउनु पर्ने व्यवस्था मन्त्रालयले गरेको छ। 

taxi bhada.jpg


प्रकाशित : शुक्रबार, पुस २३ २०७८१४:३६

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2025 All right reserved to biznessnews.com  | Site By : SobizTrend