आइतबार, जेठ ४ गते २०८२    
आइतबार, जेठ ४ २०८२
images
images

प्रधानमन्त्री ओलीले भने - उद्योग बन्द गरेर होइन चलाएर डेडिकेटेड र ट्रंक लाइनको बक्यौता उठाइन्छ

images
बिहीबार , भदौ ६ २०८१
images
प्रधानमन्त्री ओलीले भने - उद्योग बन्द गरेर होइन चलाएर डेडिकेटेड र ट्रंक लाइनको बक्यौता उठाइन्छ

उनले यस विषयमा अहिले सामाजिक सञ्जाल र कतिपय मिडियामा आधारहीन प्रचार भइरहेको उल्लेख गर्दै विद्युत प्राधिकरणले महसुल उठाउन खोजेको र सरकारले मिनाहा गरेको भन्दै झुठो प्रचार गर्ने अभियान चलेकाले त्यस्ता प्रचार अर्थहीन भएको स्पष्ट गरे।

images
images

काठमाडौं- प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाल विद्युत प्राधिकरणको डेडिकेटेड र ट्रंक लाइनका बक्यौता एक रुपैयाँ पनि नछाडेर उठाउने स्पष्ट पारेका छन्। तर उद्योग बन्द गरेर होइन चलाएर उठाइन्छ। 

images
images
images

प्रतिनिधिसभाको आज बिहीबारको बैठकमा सांसदको प्रश्नको जवाफ दिँदै प्रधानमन्त्री ओलीले भने, 'बक्यौता उठाइन्छ, छोडिँदैन, तर उद्योग बन्न गरेर होइन चलाएर उठाइन्छ। विगतमा किन समयमा महसुल उठाइएन, किन लाइन काटियो र किन फेरि लाइड जोडियो भन्ने प्रश्न सम्बन्धित निकायसँग जोडिन्छ। यसमा सरकार स्पष्ट छ, लाइन बन्द नगरी बक्यौता उठाइनेछ।'

images
images

प्रधानमन्त्री ओलीले सरकार र नेपाल विद्युत प्राधिकरणबीच कुनै मतभेद नभएको पनि स्पष्ट पारेका छन्। 

images
images

उनले यस विषयमा अहिले सामाजिक सञ्जाल र कतिपय मिडियामा आधारहीन प्रचार भइरहेको उल्लेख गर्दै विद्युत प्राधिकरणले महसुल उठाउन खोजेको र सरकारले मिनाहा गरेको भन्दै झुठो प्रचार गर्ने अभियान चलेकाले त्यस्ता प्रचार अर्थहीन भएको स्पष्ट गरे।

प्रधानमन्त्री ओलीले भने, 'उद्योग नै बन्द हुँदा बक्यौता उठ्ने आधार पनि बन्द हुन्छ, त्यहाँ रोजगारी पाएकाको रोजगारी बन्द हुन्छ, उद्योग बन्द भएपछि उत्पादन पनि घट्छ, ब्यापार घाटा बढ्छ। बक्यौता उठाउन पनि त उद्योग चलाउनै पर्छ। औद्योगिक ग्राहकसँग लिनुपर्ने खपत अनुसारको महसुल मिनाहा गरिएको भन्ने झुठो सूचनाको पछि नलाग्न म सबैलाई आग्रह गर्छु। खपतअनुसारको महसुल उठाएरै छोडिन्छ।'


प्रकाशित : बिहीबार , भदौ ६ २०८११६:३४

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2025 All right reserved to biznessnews.com  | Site By : SobizTrend