मंगलबार, असार २४ गते २०८२    
मंगलबार, असार २४ २०८२
images
images
ओमिक्रोन भेरियन्ट

कोरोना लागेकाको उपचार खर्च स्थानीय सरकारले व्यहोर्ने, संक्रमण बढे स्मार्ट लकडाउन गर्ने

'सतर्क रहँदै सीमामा ध्यान दिऔँ, संक्रमितको उपचार, खानपिन र बसोबास व्यवस्था गरौँ'

images
शुक्रबार, पुस २३ २०७८
images
images
कोरोना लागेकाको उपचार खर्च स्थानीय सरकारले व्यहोर्ने, संक्रमण बढे स्मार्ट लकडाउन गर्ने

बैठकले संघीय सरकारले व्यहोर्नेगरी संक्रमितहरूको उपचार खर्च तत्कालका लागि भने स्थानीय सरकारले व्यहोर्ने विषयमा पनि छलफल गरेको छ।

images
images

काठमाडौं- प्रधानमन्त्री शेरबहादुर देउवाले कोरोना भाइरसको ओमिक्रोन भेरियन्टको संक्रमण बढ्न नदिन उच्च सतर्कता अपनाउन सम्बन्धित निकायलाई निर्देशन दिएका छन्। 

images
images

शुक्रबार अपरान्ह सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद कार्यालयमा आफू संयोजक रहेको कोभिड १९ संकट व्यवस्थापन समन्वय केन्द्र (सीसीएमसी) निर्देशक समितिको बैठक बोलाई प्रधानमन्त्री देउवाले ओमिक्रोन भेरियन्टको संक्रमण बढ्न नदिन र संक्रमितहरूको उपचारमा विशेष ध्यान दिन सम्बन्धित निकायलाई निर्देशन दिएका हुन्।

images
images

उनले कोभिड संक्रमण दर बढ्न नदिन सीमा नाकाहरूलाई चुस्तदुरुस्त बनाउन र संक्रमितहरूको खाना र बस्नको आवश्यक व्यवस्था मिलाउन निर्देशन दिए। 

images
images
images

संक्रमितहरूको परीक्षण, उनीहरूको उपचारको व्यवस्था र कोभिडविरुद्धको खोप लगाउने कामलाई पनि अझ तीव्रता दिन प्रधानमन्त्रीबाट निर्देशन भएको स्वास्थ्य तथा जनसंख्यामन्त्री विरोध खतिवडाले जानकारी दिए।

बैठकले संघीय सरकारले व्यहोर्नेगरी संक्रमितहरूको उपचार खर्च तत्कालका लागि भने स्थानीय सरकारले व्यहोर्ने विषयमा पनि छलफल गरेको छ।

‘कोभिडको विषयमा केन्द्रित भएर छलफल भयो। ओमिक्रोनको बढ्ने लहरको विषयमा कसरी नियन्त्रण गर्ने भन्ने विषयमा कुरा भयो। नाकाहरूलाई कसरी अझ चुस्तदुरुस्त बनाउने अनि एन्टिजिन परीक्षण गर्दा देखिएका विरामीहरूको कसरी आईसोलेशनको व्यवस्था गर्ने, देखिएका विरामीहरूको थप परीक्षण बढाउने कुराहरू, उनीहरूको खाने, बस्ने सुविधाका कुराहरू। यी सबै पक्षमा कुरा भएको छ र खोप लगाउन अझ तीव्रता दिने र चाँडै नै बुष्टर खोपमा पनि जाने भन्ने छलफल भयो। प्रधानमन्त्रीबाट पनि त्यहीँ निर्देशन भयो’ उनले भने।

बैठकमा कोभिड भाइरसको ओमिक्रोन भेरियन्टको संक्रमणदर बढ्दै गएमा छिट्टै अर्को बैठक बोलाएर स्मार्ट लकडाउन गर्ने विषयमा पनि छलफल भएको छ।

संक्रमितहरूको संख्या बढेर गएमा भिडभाड हुने सिनेमा हल, हिउँदे बिदालाई ध्यानमा दिएर विद्यालयहरू बन्द गर्ने जस्ता स्मार्ट लकडाउनका विषयमा पनि छलफल गरिएको मन्त्री खतिवडाले बताए। बैठकले तेस्रो चरणको बुष्टर खोप पनि अघि बढाउने अनुमति दिएको छ। 


प्रकाशित : शुक्रबार, पुस २३ २०७८१३:२९

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2025 All right reserved to biznessnews.com  | Site By : SobizTrend