आइतबार, जेठ ४ गते २०८२    
आइतबार, जेठ ४ २०८२
images
images

यातायात कार्यालय भरतपुरबाट १९ हजारभन्दा बढीले लिए सवारी चालक अनुमतिपत्र, ८८ करोड राजस्व संकलन

images
बिहीबार , भदौ ६ २०८१
images
यातायात कार्यालय भरतपुरबाट १९ हजारभन्दा बढीले लिए सवारी चालक अनुमतिपत्र, ८८ करोड राजस्व संकलन

सवारी दर्ता प्रक्रिया सुरु भएसँगै यातायात व्यवस्था कार्यालय भरतपुरबाट हालसम्म २९ हजार ११ जनाले सवारीसाधन दर्ता गराएका छन्।

images
images

चितवन- यातायात व्यवस्था कार्यालय भरतपुरबाट १९ हजार ७४ जनाले सवारी चालक अनुमतिपत्र लिएका छन्।

images
images
images

कार्यालयले विसं २०८० बैशाख ४ गतेदेखि सवारी चालक अनुमतिपत्र दिन सुरु गरेको थियो। उनीहरुले नयाँ र वर्ग थप गरेर सवारी चालक अनुमतिपत्र लिएका हुन्।

images
images

कार्यालयका प्रशासकीय अधिकृत सुरेशकुमार चपाईका अनुसार कार्यालयबाट सवारी चालक अनुमतिपत्र प्रदान तथा नवीरण गर्दै आएको छ। सो अवधिमा १४ हजार ९०५ जनाले सवारी चालक अनुमतिपत्र नवीकरण गरेको उनले बताए।

images
images

यस कार्यालयबाट मोटरसाइकल, स्कुटर, कार, जीप, ट्याम्पो, ई रिक्सा, ट्याक्टर, मिनिबस, बस/ट्रक, एक्साभेटर र व्याकुलोडर लगायतको सवारी चालक अनुमतिपत्र दिइने गरिएको छ।

उनले भने, 'यहाँबाट अत्याधिक मात्रामा मोटरसाइकल, स्कुटर र कार, जीपको सवारीचालक अनुमतिपत्र लिने गरेका छन्।'

यस जिल्लामा अध्ययन वा रोजगारीको सिलसिलामा आएका जो कोहीले पनि सवारी चालक अनुमतिपत्रका लागि आवेदन दिने गरेको उनले बताए।

अधिकृत चपाईका अनुसार सवारी साधनको प्रमाण पुर्जाको प्रतिलिपि ७१ जनाले लिएका छन्।

गत आर्थिक वर्षमा सवारी दर्ता १३ हजार ९ सय ९ वटा भएको छ। सवारी दर्ता प्रक्रिया सुरु भएसँगै यस कार्यालयबाट हालसम्म २९ हजार ११ जनाले सवारी साधन दर्ता गराएका छन्।

कार्यालयले गत आर्थिक वर्षमा ८८ करोड २० लाख रूपैयाँ राजस्व संकलन गरेको छ। रासस


प्रकाशित : बिहीबार , भदौ ६ २०८११५:०३

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2025 All right reserved to biznessnews.com  | Site By : SobizTrend