आइतबार, जेठ ४ गते २०८२    
आइतबार, जेठ ४ २०८२
images
images

नेपाल कानून व्यवसायी परिषद् दोस्रो संशोधन विधेयक राष्ट्रियसभाबाट स्वीकृत

images
बिहीबार , भदौ ६ २०८१
images
नेपाल कानून व्यवसायी परिषद् दोस्रो संशोधन विधेयक राष्ट्रियसभाबाट स्वीकृत

छलफलमा उठेका प्रश्नको जवाफ दिँदै कानूनमन्त्री अजयकुमार चौरसियाले कानून व्यवसायीले बारम्बार उठाउँदै आएको नेपाल कानून प्रतिष्ठान निर्माण गर्ने विषय विधेयकमा समेटिएको स्पष्ट पारे।

images
images

काठमाडौं- राष्ट्रियसभाले नेपाल कानून व्यवसायी परिषद् (दोस्रो संशोधन) विधेयक, २०८१ स्वीकृत गरेको छ।

images
images
images

सभाको आजको बैठकमा कानून, न्याय तथा संसदीय मामिलामन्त्री अजयकुमार चौरसियाले उक्त विधेयकमाथि विचार गरियोस् भनी राखेको प्रस्ताव सर्वसम्मतिले स्वीकृत गरेको हो।

images
images

उक्त प्रस्तावमाथिको सैद्धान्तिक छलफलमा सांसद मदनकुमारी शाह (गरिमा), किरणबाबु श्रेष्ठ, मायाप्रसाद शर्मा, विष्णुकुमारी सापकोटा, कृष्णप्रसाद अधिकारी, तुलसाकुमारी दाहाल र सुमित्रा विसीले प्रचलित ऐनलाई समयानुकूल बनाउन ल्याइएको सो विधेयकलाई गम्भीर अध्ययन र समीक्षा आवश्यक रहेको बताए।

images
images

छलफलमा उठेका प्रश्नको जवाफ दिँदै कानूनमन्त्री चौरसियाले कानून व्यवसायीले बारम्बार उठाउँदै आएको नेपाल कानून प्रतिष्ठान निर्माण गर्ने विषय विधेयकमा समेटिएको स्पष्ट पारे। उनले प्रस्तुत विधेयकलाई समृद्ध बनाउने भूमिका खेल्न सबै सांसदसँग आग्रह गरे।

राष्ट्रियसभा अध्यक्ष नारायणप्रसाद दाहालले सो विधेयकमाथि संशोधन राख्न चाहने सदस्यलाई राष्ट्रियसभाअन्तर्गतको विधेयक शाखामा दर्ता गराउन सक्ने जानकारी गराए। रासस


प्रकाशित : बिहीबार , भदौ ६ २०८११४:५६

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2025 All right reserved to biznessnews.com  | Site By : SobizTrend