शनिबार, जेठ ३१ गते २०८२    
शनिबार, जेठ ३१ २०८२
images
images

सुक्खा पहिरो खस्न थालेपछि त्रासमा छन् तिपेनी बजार र इन्द्रावती नदीतटीय क्षेत्रका बासिन्दा

images
बिहीबार , भदौ ६ २०८१
images
images
सुक्खा पहिरो खस्न थालेपछि त्रासमा छन् तिपेनी बजार र इन्द्रावती नदीतटीय क्षेत्रका बासिन्दा

सुक्खा पहिरोले इन्द्रावती नदी साँघुरो हुँदै जाँदा थुनिने त्रासले इन्द्रावती नदी तटीय क्षेत्रका बासिन्दा निदाउन सकेका छैनन्।

images
images

चौतारा- सिन्धुपाल्चोकको पाँचपोखरी थाङपाल गाउँपालिका-७ बाँसखर्कबाट अप्रत्याशित रुपमा आइतबार रातिबाट सुक्खा पहिरो खसेपछि तिपेनीबजार र इन्द्रावती नदी तटीय क्षेत्रका बासिन्दा त्रासमा छन्। 

images
images
images

सुक्खा पहिरोले इन्द्रावती नदी साँघुरो हुँदै जाँदा थुनिने त्रासले इन्द्रावती नदी तटीय क्षेत्रका बासिन्दा निदाउन सकेका छैनन्।

images
images

बाँसखर्कको तल्लो भागबाट झर्न थालेको पहिरो अहिलेसम्म नरोकिएपछि इन्द्रावती नदी थुनिने हो कि भन्ने चिन्ताले रातभर निदाउन नसकेको तिपेनी बजारका स्थानीय युवराज गिरी बताउँछन्। यदि आकस्मिक रुपमा ठूलो पहिरो झरेमा इन्द्रावती नदी थुनिँदा यसले ठूलो क्षति पुर्‍याउने उनी भन्छन्।

images
images
images

पहिरोबाट पाँचपोखरीको तिपेनीमा रहेको प्राथमिक अस्पतालसहित, बजार र आसपासका केही संरचना सबैभन्दा बढी जोखिममा परेको गाउँपालिका उपाध्यक्ष सुनिता अधिकारी बताउँछन्। नदीको छेउमा माथिबाट खसेको पहिरोले थुपारेको गेग्रानले नदी नथुनियोस् भनेर अहिले हटाउने काम भइरहेको उउनी बताउँछन्।

गाउँपालिका अध्यक्ष टासी लामाका अनुसार पहिरो क्षेत्रमा ३५ जनाको सेनाको समूहसहित प्रहरीको विपद् टोली तैनाथ रहेको छ। इन्द्रावती नदीले  तिपेनी प्राथमिक अस्पतालको भवन क्षेत्रको जमिन कटान गरिरहेको छ।

नदीले निरन्तर गेग्रान बगाइरहँदा चर्किएको माथिल्लो भाग खस्ने सम्भावना छ। यदि डाँडाको माथिल्लो भाग खस्यो भने नदी थुनिन सक्छ र यसले ठूलो क्षति पुर्‍याउने भन्दै स्थानीय त्रसित छन्। वर्षाको समय भएकाले अहिले पहिरो नियन्त्रणका लागि दीर्घकालीन उपाय खोज्न नसकिने लामा बताउँछन्।

पहिरोका कारण बाँसखर्कको तल्लो क्षेत्रमा धाँजा फाटेका र चिरा परेका भाग पनि एकै पटक नदीमा खस्ने सम्भावना देखिएको स्थानीय गमला गिरी बताउँछिन्। त्यसैले नदी जुनसुकै बेला थुनिनसक्ने जोखिम रहेकाले वर्षा र पहिरो खस्न नरोकिएसम्म यस क्षेत्रमा उच्च सतर्कता अपनाउन आवश्यक छ। रासस


प्रकाशित : बिहीबार , भदौ ६ २०८११४:५०

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2025 All right reserved to biznessnews.com  | Site By : SobizTrend