मंगलबार, असार २४ गते २०८२    
मंगलबार, असार २४ २०८२
images
images

बतासले व्यापार गरिरहेको पशुपति धर्मशालाका विषयमा छानबिन गर्न समिति गठन

images
बिजनेस न्युज
बिजनेस न्युज
शुक्रबार, पुस २३ २०७८
images
images
बतासले व्यापार गरिरहेको पशुपति धर्मशालाका विषयमा छानबिन गर्न समिति गठन

समितिलाई सात दिनभित्रमा प्रतिवेदन पेश गर्न निर्देशन दिइएको छ। पशुपति मैत्री धर्मशालालाई होटेलका रूपमा सञ्चालन गरिएको भन्ने आरोप लागेपछि त्यसको सत्य तथ्य छानबिनका लागि उक्त समिति गठन गरिएको हो।

images
images

काठमाडौं- संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री प्रेमबहादुर आलेको निर्देशनमा मन्त्रालयले पशुपति क्षेत्र विकास कोषका कोषाध्यक्ष नारायणप्रसाद सुवेदीको संयोजकत्वमा एक छानबिन समिति गठन गरेको छ। 

images
images

नेपाल-भारत पशुपति मैत्री धर्मशाला सम्बन्धमा छानबिनका लागि उक्त समिति गठन गरिएको हो। पाँच सदस्यीय उक्त समितिका सदस्यमा परिषद सदस्य आशा पाण्डे, विश्वकरण जयन तथा देवीप्रसाद बराल रहनुभएको छ भने मन्त्रालयका लेखा उपसचिव सदस्यसचिव रहनुभएको छ।

images
images

उक्त समितिलाई सात दिनभित्रमा प्रतिवेदन पेश गर्न निर्देशन दिइएको छ। पशुपति मैत्री धर्मशालालाई होटेलका रूपमा सञ्चालन गरिएको भन्ने आरोप लागेपछि त्यसको सत्य तथ्य छानबिनका लागि उक्त समिति गठन गरिएको पशुपति क्षेत्र विकास कोषका कार्यकारी निर्देशक डा घनश्याम खतिवडाले जानकारी दिए। 

images
images
images

उक्त धर्मशालालाई पशुपति क्षेत्र विकास कोषले होटेल आनन्द प्रालि (बतास समूह) लाई भाडामा दिएको थियो। उक्त समूहले पशुपति मैत्री धर्मशालालाई होटलका रूपमा सञ्चालन गरेको तथा तीर्थालु एवं धार्मिक पर्यटकसँग मनपरी भाडा लिने गरेको आरोप लागेको छ। रासस


प्रकाशित : शुक्रबार, पुस २३ २०७८१२:४२
प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2025 All right reserved to biznessnews.com  | Site By : SobizTrend