आइतबार, जेठ ४ गते २०८२    
आइतबार, जेठ ४ २०८२
images
images

रुकुमपश्चिममा भूकम्पले चिरा परेको घर भत्किँदा २२ बाख्रा मरे

images
बिहीबार , भदौ ६ २०८१
images
रुकुमपश्चिममा भूकम्पले चिरा परेको घर भत्किँदा २२ बाख्रा मरे

गत कात्तिक १७ गते जाजरकोट केन्द्रबिन्दु बनाएर गएको भूकम्पले घर चिराचिरा परेको थियो। सोही घर भत्किँदा बाख्रा मरेका हुन्।

images
images

त्रिवेणी- रुकुम पश्चिमको बाँफिकोट गाउँपालिका-१० बयाल्यामा बरुण धितालको घर भत्किँदा २२ बाख्रा मरेका छन्।

images
images
images

गएराति धितालको घर भत्किँदा घरमा रहेका २२ बाख्रा पुरिएर मरेका हुन्। घरमा रहेका तीन बाख्रा भने घाइते अवस्थामा रहेको वडाध्यक्ष हरिबहादुर चन्दले जानकारी दिए।

images
images

उनका अनुसार गत कात्तिक १७ गते जाजरकोट केन्द्रबिन्दु बनाएर गएको भूकम्पले घर चिराचिरा परेको थियो। सोही घर भत्किँदा बाख्रा मरेका हुन्। घरमा रहेका अन्तपात र भाँडावर्तनमा पनि क्षति पुगेको वडाध्यक्ष चन्दले जानकारी दिए।

images
images

घरपरिवार अस्थायी आवास (टहरो) मा बसेकाले मानवीय क्षति भने भएको छैन। अन्य क्षतिको विवरण संकलन भइरहेको वडाध्यक्ष चन्दले जानकारी दिए। रासस


प्रकाशित : बिहीबार , भदौ ६ २०८११४:०७

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2025 All right reserved to biznessnews.com  | Site By : SobizTrend