आइतबार, जेठ ४ गते २०८२    
आइतबार, जेठ ४ २०८२
images
images

स्याङ्जाका ११० लिफ्ट खानेपानी आयोजनाले विद्युत् महसुलमा पाए एक करोडभन्दा बढी अनुदान

images
बिहीबार , भदौ ६ २०८१
images
स्याङ्जाका ११० लिफ्ट खानेपानी आयोजनाले विद्युत् महसुलमा पाए एक करोडभन्दा बढी अनुदान

तीन तह वा सोभन्दा बढी तहको लिफ्टिङ खानेपानी योजनाका हकमा ९० प्रतिशत अनुदान दिइएको छ।

images
images

वालिङ- स्याङ्जाका एक सय १० लिफ्ट खानेपानी आयोजनाले विद्युत् महसुलबापत एक करोड बढी अनुदान पाएका छन्।

images
images
images

गण्डकी प्रदेशभित्रका नागरिकलाई स्वच्छ, गुणस्तरीय, सर्वसुलभ र सुरक्षितरुपमा खानेपानी सेवा पुर्‍याउने उद्देश्यले लिफ्ट खानेपानीमा लाग्ने महसुलमा अनुदान दिइएको खानेपानी तथा सरसफाइ डिभिजन कार्यालयका प्रमुख हरिप्रसाद तिमिल्सिनाले बताए।

images
images

प्रदेश सरकारले लिफ्ट खानेपानीमा लाग्ने विद्युत् महसुलमा अनुदान दिने नीति ल्याएसँगै गत आर्थिक वर्ष २०८०/८१ मा स्याङ्जाका एक सय १० आयोजनाले अनुदानबापत एक करोड पाँच लाख एक हजार दुई सय १४ रूपैयाँ पाएको उनले बताए।

images
images

लिफ्ट खानेपानी आयोजनामा विद्युत् महसुल अनुदानसम्बन्धी मापदण्ड २०७९ का आधारमा स्थान तथा अनुदानग्राही छनोट गरी अनुदान दिइएको हो। स्थान तथा अनुदानग्राही छनोटका आधारअन्तर्गत मासिकरुपमा २५ हजार रूपैयाँसम्मको विद्युत् खपत गर्ने अनुदानग्राहीलाई कुल विद्युत् महसुलको शत्प्रतिशत अनुदान दिइएको हो।

मासिक २५ हजारदेखि ४० हजार रूपैयाँसम्मको महसुलमा ७५ प्रतिशत उपलब्ध गराइएको हो। तीन तह वा सोभन्दा बढी तहको लिफ्टिङ खानेपानी योजनाका हकमा ९० प्रतिशत अनुदान दिइएको छ।

मासिक रुपमा ४० हजारदेखि ६० हजार रूपैयाँसम्मको विद्युत् खपत गर्ने अनुदानग्राहीले कुल विद्युत् महसुलको ५० प्रतिशत र तीन तहभन्दा बढीको लिफ्टिङ खानेपानी योजनाको हकमा ६५ प्रतिशत अनुदान दिइएको छ।

मासिक रुपमा ६० हजारदेखि ८० हजार रूपैयाँसम्म विद्युत् खपत गर्ने अनुदानग्राहीले कुल विद्युत् महसुलको २५ प्रतिशत र तीन तहभन्दा बढी तह भएका योजनाले ४० प्रतिशत अनुदान प्राप्त गरेको कार्यालयका लेखापाल प्रेमप्रसाद रेग्मीले बताए।

मासिक रुपमा ८० हजार रूपैयाँभन्दा बढीको विद्युत् खपत गर्ने योजनामा १० प्रतिशत तथा तीन तहभन्दा माथिका योजनामा १५ प्रतिशत अनुदान कार्यालयले उपलब्ध गराएको हो। स्याङ्जामा सञ्चालनमा रहेका एक सय २० लिफ्ट खानेपानी योजनाले अनुदान रकमका लागि आवेदन दिएका लेखापाल रेग्मीले बताए। आवेदन दिएकामध्ये सबैको आवश्यक कागजात अपुग भएका र रित नपुगेकाले कुल एक सय १० योजनाले मात्रै विद्युत् महसुलमा अनुदान पाएका हुन्। रासस


प्रकाशित : बिहीबार , भदौ ६ २०८११३:३९

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2025 All right reserved to biznessnews.com  | Site By : SobizTrend