मंगलबार, मंसिर २५ गते २०८१    
images
images

सेयर बजार बढ्दो ट्रेन्डमा, विश्लेषकले भनेझैँ बजार ३२ सयमाथि पुग्नै लागेको हो?

images
शनिबार, पुस २४ २०७८
images
images
सेयर बजार बढ्दो ट्रेन्डमा, विश्लेषकले भनेझैँ बजार ३२ सयमाथि पुग्नै लागेको हो?
images
images

काठमाडौं- सेयर बजारमा यो साता कारोबारको चार दिन बजार बढेको छ भने एक दिन बजार घटेको छ। जसले साताभरमा १६७.९९ अंकको बढोत्तरी देखिएको छ। सातामा कारोबारको अन्तिम दिन बिहीबार ४३.२९ अंकले बढेर बजार २६९२.४७ बिन्दुमा पुगेको थियो।   

images
images
images

कारोबारका तीन दिन लगातार बढेको बजार चौथो दिन बुधबार भने घटेको थियो। आइतबार र सोमबार दुई दिनमा ९२.४४ अंकको सुधार देखिएको बजार मंगलबार पनि ६३.०१ अंकले बढेको थियो। बुधबार भने ३०.७५ अंकले घटेर बजार २६४९.२० बिन्दुमा झरेको थियो। 

images

पछिल्लो एक सातामा नेप्से परिसूचकसँगै लगानीकर्ताको सम्पतिमा पनि वृद्धि भएको छ। गत साता २ अर्ब ३ करोड ४८ लाख रूपैयाँले बढेको लगानीकर्ताको सम्पति यो साता २ खर्ब ३६ अर्ब २ करोड रूपैयाँले बढेको छ। गत बिहीबार सेयर बजारमा रहेको लगानीकर्ताको सम्पत्ति मापक बजार पूँजीकरण कुल ३५ खर्ब ६७ अर्ब ३४ करोड रूपैयाँ रहेको थियो। यो साता २ खर्ब ३६ अर्ब २ करोड रूपैयाँ सम्पति बढेर ३८ खर्ब ३ अर्ब ३४ करोड रूपैयाँ कायम भएको छ।

images
nepse.PNG

बजारमा केही सय अंक बढेर केही घट्दै करेक्सनको अवस्था देखिइरहेको र लगातार उकालो यात्रामा जान अझै केही समय लाग्ने विश्लेषकहरू बताउँछन्। यो साताको चार दिनको सुधारले बजारले गति लिने संकेत देखाए पनि नयाँ ट्रेन्ड समात्न भने समय लाग्ने भएको हो। 

साताको अन्तिम दिन बिहीबारसम्म आइपुग्दा बजार पुँजीकरण ३८ खर्ब ३३ लाख पुगेको छ। यता हरेक दिन जसो कारोबार रकममासमेत सुधार देखिएको छ।

तरलता अभावको विषयमा हुने सम्बोधनको पर्खाइ र बैंकको ब्याजदर स्थिर रहन्छ कि बढ्छ भन्ने जस्ता विषयमा अन्योल भइरहँदा बजारको उतारचढाव अझै केही दिन रहने विश्लेषकहरूको भनाइ छ। 

सेयर विश्लेषक विष्णु प्रसाद बस्याल अबको एक महिनामै बजार ३२ सय अंक माथि पुग्ने दावी गर्छन्।  ‘बजारको ट्रेन्ड हेर्दा अब सबै कुराले सपोर्ट गरेकोले १ महिनामै ३२ सय माथि जाने देखिन्छ,’ बस्यालले भने।

बजारमा केही करेक्सन आउँदै बढ्ने भएकोले अब बजार बुलको ट्रेन्डमा पुगेकोसमेत बस्याल बताउँछन्। बजार २२ सयमै टेको लागेर अगाडि बढेकोले अब पछाडि नफर्कने दाबीसमेत उनको छ। 


प्रकाशित : शनिबार, पुस २४ २०७८०४:२९

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2024 All right reserved to biznessnews.com  | Site By : SobizTrend