बिहीबार , मंसिर २७ गते २०८१    
images
images

गृहमन्त्री लेखकले भने - आर्थिक समृद्धि वर्तमान सरकारको मुख्य लक्ष्य हो

images
बिजनेस न्युज
बिजनेस न्युज
बिहीबार , भदौ ६ २०८१
images
images
गृहमन्त्री लेखकले भने - आर्थिक समृद्धि वर्तमान सरकारको मुख्य लक्ष्य हो

आर्थिक समृद्धि हासिल गर्ने लक्ष्यका साथ वर्तमान सरकार गठन भएको बताउँदै ती लक्ष्य पूरा गर्न राज्यका सबै संयन्त्रका साथै समाजका हरेक वर्गको सहयोग अपरिहार्य भएकामा जोड।

images
images

जनकपुरधाम- गृहमन्त्री रमेश लेखकले मुलुकमा राजनीतिक स्थायित्व, दिगो विकास, सुशासन प्रवर्द्धन तथा आर्थिक समृद्धि हासिल गर्ने लक्ष्यका साथ वर्तमान सरकार गठन भएको बताउँदै ती लक्ष्य पूरा गर्न राज्यका सबै संयन्त्रका साथै समाजका हरेक वर्गको सहयोग अपरिहार्य भएकामा जोड दिएका छन्। 

images
images
images

आज बिहीबार जनकपुर विमानस्थलमा पत्रकारहरूसँग उनले वर्तमान सरकारका विकासका प्राथमिकताबारे जानकारी दिँदै निकट भविष्यमा नेपाल प्रहरीको संगठनात्मक संरचना सुधारसम्बन्धी कानून जारी हुने बताए। 

images

गृहमन्त्रीले भने, 'नेपाल प्रहरीको ऐन  ६९ वर्ष पुरानो भयो, यसमा सामयिक परिमार्जनक आवश्यक छ। नयाँ कानून निर्माण तथा संगठनात्मक क्षमता बढाएर प्रहरीलाई अझ व्यावसायिक बनाउनुपर्छ। नेपाल प्रहरीसम्बन्धी ऐन परिमार्जन गरेर बजेट व्यवस्थापनका निम्ति त्यो अर्थ मन्त्रालयमा पुगिसकेको छ।' रासस

images


प्रकाशित : बिहीबार , भदौ ६ २०८११०:५३
प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2024 All right reserved to biznessnews.com  | Site By : SobizTrend