शुक्रबार, असोज ११ गते २०८१    
images
images

आज सार्वजनिक हुँदै नामी ०१ ईभी, मूल्य ३२ लाखबाट सुरु

images
बिहीबार , भदौ ६ २०८१
images
images
आज सार्वजनिक हुँदै नामी ०१ ईभी, मूल्य ३२ लाखबाट सुरु

नामी ०१ नेपाली बजारमा ३१.५ र ४२.३ किलोवाट आवरको दुई एलएफपी ब्याट्री अप्सनमा उपलब्ध भएको छ।

images
images

काठमाडौं- आज बिहीबार नेपाली बजारमा अर्को एउटा विद्युतीय कार सार्वजनिक हुँदैछ। डोङफेङको सबब्रान्ड नामीको विद्युतीय कार 'नामी ०१' सार्वजनिक हुन लागेको हो। 

images
images
images

नामीको नेपालका लागि आधिकारिक बिक्रेता एमएडब्लू वृद्धि अटोकर्पले बिहीबारदेखि बिक्री सुरु गर्न लागेको नामी ०१ को मूल्य ३२ लाख रुपैयाँबाट सुरु हुने कम्पनीले जनाएको छ। यसअघि कम्पनीले सार्वजनिक गरेको ३२ लाख ९९ हजार रुपैयाँ एमआरपीमा ९९ हजार रुपैयाँ कम गरेर सुरुवाती मूल्य ३२ लाख राखिएको हो। 

बजारमा विद्युतीय कारको प्रतिस्पर्धा बढ्दै गएकाले आयातकर्ता कम्पनीहरूले प्रतिस्पर्धी मूल्यमा विद्युतीय कार उपलब्ध गराउन थालेका हुन्। एमएडब्लू वृद्धि अटोकर्पले बिहीबार साँझ नामी ०१ को मूल्य औपचारिक रुपमा सार्वजनिक गर्नेछ। 

कम्पनीले नामी ०१ केही महिनाअघि नै नेपाली बजारमा ल्याएर परीक्षण गरेको थियो। सबै प्रक्रिया पूरा गरेर एमएडब्लूले बिहीबारदेखि नामी ०१ ईभीको बिक्री सुरु गर्न लागेको हो। 

images

नामी ०१ सबकम्प्याक सेगमेन्टको विद्युतीय कार हो। यसमा धेरै सेग्मेन्ट फस्ट प्रिमियम विशेषता रहेको कम्पनीले दाबी गरेको छ। यसको एक्टेरियरमा फ्रमलेस डोर, फ्लस डोर ह्याण्डल, फ्लोटिङ कन्ट्रास रुफलगायत विशेषता छन्। 

यसको इन्टेरियरमा डाइमन्ड क्लिल्टेड ड्यासबोर्ड, ३६० डिग्री क्यामरा, १२ इन्चको सेन्टर टचस्कृन डिस्प्ले, ५ इन्चको ड्राइभर इन्फर्मेसन डिस्प्ले, अटोमेटिक पार्किङ, एड्भान्स एडास सिस्टम, इन्टेलिजेन्ट भोइस कन्ट्रोल, ३२ कलरको एम्बीयन्ट लाइट, वायरलेस फोन चार्जर, इलेक्ट्रिक एड्जस्टेबल फ्रन्ट सिट यो कारमा छ।  

नामी ०१ नेपाली बजारमा ३१.५ र ४२.३ किलोवाट आवरको दुई एलएफपी ब्याट्री अप्सनमा उपलब्ध भएको छ। सुरुवाती मूल्य ३२ लाख रुपैयाँ र अर्को भेरियन्टको मूल्य ३५ लाख रुपैयाँ हुने कम्पनीको भनाइ छ। 

नाडा अटो शोका लागि एमएडब्लू वृद्धिले थप विशेष सुविधा उपलब्ध गराउने अनुमान गरिएको छ। ठूलोे व्याट्री अप्सनमा उपलब्ध नामी ०१ ले एक पटकको फुल चार्जमा ३ सय १० किलोमिटरको रेन्ज दिने दाबी कम्पनीले गरेको छ। 

नामी ०१ मा ७० किलोवाट पिक पावर क्षमताको मोटर छ। यो मोटरले ९४ हर्सपावर तथा १ सय ६० एनएम टर्क जेनेरेट गर्छ। नामी ०१ को अधिकतम गति १ सय ४० किलोमिटर प्रतिघण्टा रहेको छ। 


प्रकाशित : बिहीबार , भदौ ६ २०८११०:५८

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2024 All right reserved to biznessnews.com  | Site By : SobizTrend