बुधबार, असोज २३ गते २०८१    
images
images

लोमान्थाङका २ सय १० परिवारलाई विद्युतीय चुलो वितरण

images
बिजनेस न्युज
बिजनेस न्युज
बिहीबार , भदौ ६ २०८१
images
images
लोमान्थाङका २ सय १० परिवारलाई विद्युतीय चुलो वितरण

विद्युतीय चुलो खरिदका लागि गतवर्ष आठ लाख रुपैयाँ विनियोजन गरेको लोमान्थाङ गाउँपालिकाले यसवर्ष पनि बजेट व्यवस्था गरेको र सोबाट खरिद गरेर बाँकी तीनवटा वडाका सबै परिवारलाई वितरण गरिने जनाएको छ।

images
images

म्याग्दी- मुस्ताङको लोमान्थाङ गाउँपालिकाको दुईवटा वडाका बासिन्दालाई विद्युतीय चुलो वितरण गरिएको छ। दाउरा र ग्यासको खपत घटाएर जलवायु परिवर्तनका असर न्यूनीकरण तथा वातावरण संरक्षणका लागि लोमान्थाङ गाउँपालिकाले चुलो वितरण गरेको हो।

images
images
images

लोमान्थाङ गाउँपालिकाका अध्यक्ष टसीनर्बु गुरुङका अनुसार वडा नं ३ फुवा र वडा नं ४ किमलिङका दुई सय १० परिवारलाई निःशुल्क एक/एक थान विद्युतीय चुलो वितरण गरिएको छ। उनले भने 'दाउराको विकल्पमा विद्युतीय चुलोको प्रयोग बढाएर वातावरण संरक्षणको प्रयास गरेका हौँ।'

अध्यक्ष गुरुङ र उपाध्यक्ष छ्युमी विष्टसहित वडाका जनप्रतिनिधिले बुधबार सम्बन्धित वडामा पुगेर चुलो वितरण गरेका हुन् ।

images

विद्युतीय चुलो खरिदका लागि गतवर्ष आठ लाख रुपैयाँ विनियोजन गरेको लोमान्थाङ गाउँपालिकाले यसवर्ष पनि बजेट व्यवस्था गरेको र सोबाट खरिद गरेर बाँकी तीनवटा वडाका सबै परिवारलाई वितरण गरिने जनाएको छ। रासस

images


प्रकाशित : बिहीबार , भदौ ६ २०८११०:३१
प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2024 All right reserved to biznessnews.com  | Site By : SobizTrend